२३ बैशाख २०८३, बुधबार | May 6, 2026

आज चार संसदीय समितिको बैठक बस्दै



काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको चार संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानून न्याय तथा मानव अधिकार समिति, महिला  तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति र कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ ।

सबै समितिको बैठक आज बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आज बस्ने महिला समितिमा मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची छ भने पूर्वाधार समितिमा जलस्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुँदैछ ।

त्यस्तै कृषि समितिको बैठक कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीहरूको आन्तरिक समस्या र नेपालमा ईआईए र आईईई लगायत वातावरण परीक्षणमा कार्यरत जनशक्ति व्यवस्थापनसम्बन्धी समस्याका सम्बन्धमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ९ : १८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल