२९ चैत्र २०८२, आइतबार | April 12, 2026

छोरी प्रधानमन्त्री बनेपछि थाक्सिनले पाए राजाबाट आममाफी



काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई राजाले आममाफी दिएका छन् । उनको पेरोल आइतबार सकिन लागेकोमा राजाले उनलाई आममाफी दिएको बैंकक पोष्टले उल्लेख गरेको छ ।

अघिल्लो महिना राजाको जन्मदिनको अवसरमा असल आचरण भएका ७५ सय कैदीहरूलाई शाही माफीको अंशको रूपमा थाक्सिनलाई माफी दिइएको रिपोर्टमा उल्लेख छ ।

थाक्सिनकी छोरी ३७ वर्षीया पातोङटार्न सिनावात्रा थाइल्याण्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेको एक दिनपछि यो समाचार आएको हो । उनी यो पद सम्हाल्ने शिनावात्रा परिवारकी तेस्रो सदस्य पनि हुन्।

७५ वर्षीय थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि गत अगस्टमा थाइल्याण्ड फर्केका थिए, उनी राजनीतिक रूपमा प्रेरित भएको भन्दै विभिन्न आरोपमा निष्पक्ष सुनुवाइ हुन नसकेको दाबी गर्दै सन् २००८ मा देशबाट भागेका थिए।

बैंकक फर्केको दिन, थाक्सिनलाई २००१ देखि २००६ सम्म सत्तामा रहँदा स्वार्थको द्वन्द्व र अख्तियारको दुरुपयोगको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो ।

उनले छ महिना प्रहरीको सामान्य अस्पतालमा बिताएपछि स्वास्थ्य अवस्था र आधा सजाय भोगेको तथ्यको आधारमा फेब्रुअरीमा पेरोलमा बाहिर आएका थिए । उनलाई प्रत्यक्ष राजनीतिक गतिविधिमा संलग्न नहुने शर्तमा पेरोल दिइएको थियो ।

अहिले आम माफी पाएपनि थाक्सिनको कानुनी समस्या पूर्ण रूपमा समाप्त भएको भने छैन । सन् २०१५ मा दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्ताको सम्बन्धमा उनी अझै पनि लेस-मजेस्टेको आरोपको सामना गरिरहेका छन् । यस आरोपमा थाक्सिन धरौटीमा रहेका छन् । परीक्षणको मिति अझै तय गरिएको छैन ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ९ : ५६ बजे

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी