८ पुस २०८२, मंगलबार | December 24, 2025

बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु, ठक्कर दिने मोटरसाइकल फरार



बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बलेरो जीप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र पश्चिमबाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको र्मृत्यु भएको हो ।

दुर्घटनामा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल-११ देवीनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठ मृत्यु भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवलतर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन् ।

तिब्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जीपको मुनी पुगेकी थिईन् । उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरी निरिक्षक बानियाले बताए ।

रातीको समयमा ३ वटै सवारी साधन तिव्र गतिमा भएको प्रहरीले जनाएको छ । बलेरो चालक प्रहरी नियन्त्रणमा छन भने मोटरसाईकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भैरहेको बानियाले बताए ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ७ : ४१ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना