२० मंसिर २०८२, शनिबार | December 6, 2025

धार्मिक र पर्या पर्यटन प्रवर्द्धनको लक्ष्य सहित बाँकेको सिधनियाघाटमा सुरु भयो गंगा महाआरती



नेपालगन्ज । धार्मिक पर्यटन प्रवर्द्धनको लक्ष्य सहित बाँकेको राप्ती नदी सिधनियाघाटमा गंगा महाआरतीको सुरुवात गरिएको छ । डुडुवा गाउँपालिका वार्ड नं.–४ राप्ती नदी तटमा रहेको श्री अष्टोत्तरशतम् शिवलिंङ्ग विश्वम्भरनाथ महादेव (१०८ शिवलिङ्ग विश्वम्भर महादेव) मन्दिरमा सोमबार साँझबाट गंगा महाआरतीको सुरुवात गरिएको हो । श्रावण शुक्ल पुर्णिमाका दिन सोमबार साँझ ७ बजेबाट प्रारम्भ भएको महाआरती हरेक पूर्णिमामा गरिने बताइएको छ ।

राप्ती नदी क्षेत्र तथा मन्दिरको प्रचारप्रसार तथा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न भन्दै महाआरती सुरु गरिएको मन्दिरका पुजारी आचार्य रामप्रताप मिश्र शास्त्री महाराजजीले बताए ।

राप्ती नदीमा प्रत्येक वर्ष कार्तिक पुर्णमासी र चैतराम नवमीमा स्नान मेला, साउन महिनामा बोलबम (कवाँरिया), दशैमा दुर्गामुर्तीको प्रतिमा विसर्जन, शुभदिपावली पर्वको अवसरमा महादिपोत्सव, माघे संक्रान्तिमा स्नान, फागुनमा महाशिवरात्री पर्वमा विशेष पूजापाठ तथा स्नान, समय समयमा सत्यनारायण कथा वाचन, मुण्डन संस्कार, पितृ विसर्जन र शव दहलगायतका कार्यक्रमहरु हुँदै आएका छन् ।

राप्ती नदीमा अहिले डुडुवा गाउँपालिकाको सहयोगका शवदाह केन्द्र निमार्ण भईरहेको छ भने नदी तटमा नेपालगन्जमा क्रियाशिल मल्हमपट्टी समुहको संयोजनमा बैकुण्ठधाम सिधनियाघाट पनि निमार्णको परिकल्पना गरिएको छ ।

सोमबार सुरु भएको पहिलो आरतीमा जिल्लाका विभिन्न स्थानबाट स्थानीय सर्वसाधरण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ११ : ०५ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल