२३ बैशाख २०८३, बुधबार | May 6, 2026

दिवंगत आत्माको शान्तिको कामना गर्दै बुटवलमा निकालियो गाईजात्रा



बुटवल । यस वर्ष दिवंगत भएका आफ्नो एकाघर आफन्तहरुको स्मरणमा बुटवलमा गाईजात्रा निकालिएको छ । नेवाः सेवा समितिको संयोजनमा बुटवलमा गाईजात्रा निकालिएको हो ।

सेवा समितिको सदस्य घर तथा निकट टोलका १३ दिवंगतहरुको स्मरणमा गाईजात्रा निकालिएको नेवाः सेवा समितिका अध्यक्ष चिरिन्जिवी श्रेष्ठले जानकारी दिए । बुटवलको मझगाउँ स्थित नेवाः छेँ (नेवाः घर)बाट सुरु भएको गाईजात्रा देबीनगर, तीनकुने, इट्टाभट्टी, पुरानो बसपार्क, तिनाउपुल तरेर पुरानो बटौली बजार हुँदै जनबिनायक गणे मन्दिर पुगेर समापन भएको थियो ।

नेवाः समुदायमा हरेक गाईजात्राका दिन एक वर्षभरिमा दिवंगत भएका सदस्यहरुको स्मरणमा गाईको प्रतिक तथा बिभिन्न भेषधारण गरि मृतकका आफन्तहरुको घरघरमा पुगेर सगुन लिने प्रचलन रहँदै आएको छ । जात्राका दिन गाई तथा बिभिन्न भवानका आकृतिमा बालबालिकालाई सजाउनुका साथै, तामयमचा, श्रद्धान्जदी गीत संगीत सहित बाजागाजा बजाउँदै बजार परिक्रमा गर्ने गरिन्छ । गाईजात्रामा सृङ्गारिएर बालबालिकालाई सगुन दिएमा मृत आत्माले मुक्ति पाउने जनविश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  १२ : १२ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण