३ पुस २०८२, बिहिबार | December 18, 2025

गगन थापा भन्छन् : गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ, कुनै उथलपुथल हुँदैन्

नेकपा एमालेको उपद्रोलाई कांग्रेसले रोक्ने, कांग्रेसले चकचक नगर्ने



बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन भित्र कुनै उलथपुथल नभै साढे ३ वर्ष नै चल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले बनेको सत्ता गठबन्धन पुरा अवधीसम्म नै चल्ने बताएका हुन् ।

उनले नेकपा एमालेको उपद्रोलाई आफुहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने स्पष्ट पारे । ‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन् । चकचक पनि गर्दैन् । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ थापाले भने । कांग्रेस र एमाले निश्च्ति उद्धेश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताए । साथै उनले विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्धेश्य लिएर सरकार बनाएको हो त्यसलाई पुरा गरेको दाबी गरे ।

‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले बनेको होइन् । यस भन्दा अघि २०४७ सालमा, २०५६ मा, २०६२/६३ मा २०७० सालमा दुई दल मिलेर बनेका थिए,’ उनले भने, ‘त्यो बेला जे गछौं भनेका थिए । त्यो पुरा भएका छन् । अहिले पनि भनेको कुरा पुरा हुन्छ ।’

महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने बताए ।

यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधीहरु जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए । नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताए ।

३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले परीक्षण दिने छन् भने कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाहको अध्यक्षता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालको स्वागत मन्तव्यमा संचालन भएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ७ : १२ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन