८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

गगन थापा भन्छन् : गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ, कुनै उथलपुथल हुँदैन्

नेकपा एमालेको उपद्रोलाई कांग्रेसले रोक्ने, कांग्रेसले चकचक नगर्ने



बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले बनेको गठबन्धन भित्र कुनै उलथपुथल नभै साढे ३ वर्ष नै चल्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देही प्रशिक्षण शाखाद्वारा आयोजित ३ दिने आवासीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिले बनेको सत्ता गठबन्धन पुरा अवधीसम्म नै चल्ने बताएका हुन् ।

उनले नेकपा एमालेको उपद्रोलाई आफुहरुले रोक्ने र कांग्रेसले चकचक नगर्ने स्पष्ट पारे । ‘नेकपा एमालेको उपद्रो रोक्छौँ, कांग्रेसको चकचक गर्ने बानी पनि छैन् । चकचक पनि गर्दैन् । यो गठबन्धन साढे ३ वर्षसम्म नै चल्छ,’ थापाले भने । कांग्रेस र एमाले निश्च्ति उद्धेश्य पुरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पुरा गर्ने बताए । साथै उनले विगतमा पनि नेपाली कांग्रेस र एमाले मिलेर बनाएका सरकारले जे उद्धेश्य लिएर सरकार बनाएको हो त्यसलाई पुरा गरेको दाबी गरे ।

‘कांग्रेस र एमालेको सरकार पहिलो पटक अहिले बनेको होइन् । यस भन्दा अघि २०४७ सालमा, २०५६ मा, २०६२/६३ मा २०७० सालमा दुई दल मिलेर बनेका थिए,’ उनले भने, ‘त्यो बेला जे गछौं भनेका थिए । त्यो पुरा भएका छन् । अहिले पनि भनेको कुरा पुरा हुन्छ ।’

महामन्त्री थापाले संविधान गतिशिल दस्तावेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने बताए ।

यस्तै महामन्त्री थापाले कांग्रेस रुपन्देहीले सुरु गरेको प्रशिक्षणको कार्यक्रम अब देशभर नै सुरु हु्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य भरतकुमार शाहले पार्टीलाई एकताबद्ध बनाएर अब अघि बढाउनुको विकल्प नभएको बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जनप्रतिनिधीहरु जनता भन्दा ठूलो हुँ भन्ने भावना राख्न नहुने बताए । नेपाली कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणले प्रशिक्षण कार्यक्रमले पार्टीलाई अझै बलियो र गतिशिल बनाउने बताए ।

३ दिनसम्म चल्ने कार्यक्रममा गोविन्द्र पोखरेल, सुरेश आचार्य, छन्द्रकुमार पहराई र उमेश श्रेष्ठले परीक्षण दिने छन् भने कार्यक्रमको समापनको लागि पार्टी उपसभापति पूर्णबहादुर खड्का आउने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्र कार्यक्रम प्रशिक्षण विभाग प्रमुख अनिता शाहको अध्यक्षता र नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष हरिप्रसाद अर्यालको स्वागत मन्तव्यमा संचालन भएको थियो ।

प्रकाशित मिति : ४ भदौ २०८१, मंगलबार  ७ : १२ बजे

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय