२२ भदौ २०८३, सोमबार | September 7, 2026

चेम्बर अफ कमर्स लुम्बिनीको अधिवेशन बुटवलमा शनिबार हुने



बुटवल । निजी क्षेत्रको पहिलो संस्था नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन आगामी शनिबार बुटवलमा हुने भएको छ । अधिवेशनका लागि चेम्वर लुम्बिनी प्रदेशले विभिन्न उप समितिहरु गठन गरी तयारी तीव्र पारेको हो ।

प्रदेश अधिवेशनका लागि जिल्ला, नगर र गाउं चेम्वरहरुले प्रतिनिधि छनोट गरिरहेको चेम्वर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेलले बताए । नेपाल चेम्वर अफ कमर्स लुम्बिनीले जिल्ला, नगर, गाउं तहमा चेम्वरलाई विस्तार गर्नुका साथै एशोसिएट र वस्तुगत सदस्यता समेत प्रदान गरेको जनाएको छ ।

लुम्बिनी प्रदेशमा अहिले चेम्वरका ५० भन्दा बढी शाखाहरु छन् । जिल्ला, नगर र गाउं चेम्वरबाट ३ जनाका दरले प्रतिनिधि छनोट भएका छन् भने वस्तुगत र एशोसिएटबाट एकएक जना प्रतिनिधि छनोट हुनेछन् ।

अधिवेशनले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, जिल्लानगर उपाध्यक्ष १, वस्तुगत उपाध्यक्ष १, एशोसिएट उपाध्यक्ष १, महासचिव १, कोषाध्यक्ष १, सचिव २ र बांकी सदस्य सहित २७ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

अधिवेशन अन्तर्गत बुधबारदेखि निर्वाचन प्रकृया शुरु हुने महासचिव जे.पी.कंडेलले बताए । दोस्रो अधिवेशनसम्म आइपुग्दा लुम्बिनी प्रदेशमा चेम्वरले ब्यापक शाखा विस्तार गरेको बताउंदै महासचिव कंडेलले आगामी वर्षदेखि संस्थागत विकासमा जोड दिने बताए । शनिबार हुने अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम छ । सोही अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की लगायतले सम्वोधन गर्नेछन ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  ५ : १० बजे

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा

कपिलवस्तुमा लागुऔषधसहित १९ व्यक्ति पक्राउ

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यही भदौ २१ गतेसम्म

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी