६ श्रावण २०८३, बुधबार | July 22, 2026

आफ्नो सदस्यलाई खुकुरी प्रहार गर्नेमाथि कडा कारवाहीको माग गर्दै नेपालगन्जमा तरुण दलको प्रदर्शन



नेपालगन्ज । आफ्नो सदस्यहरुलाई मरणासन्न हुने गरि खुकुरी प्रहार गर्ने दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै तरुण दल बाँकेले बाँके प्रशासन मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत तरुण दल बाँकेले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएको हो ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका ब्यक्तिले गत शनिबार बेलुकी करिव साढे ७ बजेतिर धारिलो हतियार प्रहार गर्दा तरुण दलका सदस्य द्वय राप्ती सोनारी-२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ -७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल गम्भीर घाइते भएका थिए । घाइते दुबैको भारतको लखनउमा उपचार भइरहेको छ ।

जुलुस सहित जिल्ला प्रशासन पुगेका तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई ज्ञापन पत्र हस्तान्तरण गरे । उक्त घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी(२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओली, सोही ठाउँका नारायण डाँगी, रत्नबहादुर भण्डारी, विशाल बस्नेत र सन्दिप ओलीलगायतलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा संलग्न केही ब्यक्तीहरु फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरु विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेर म्याद थप गरेर अनुसनधान थालेको छ ।

घटनामा संलग्न ब्यक्तीलाई बचाउन खोजिएको भन्दै गृहमन्त्रीलाई ज्ञापन पत्र पठाइएको हो । घटनामा संलग्नलाई बचाउने प्रयास गरिए तरुण दल चुप लागेर नबस्ने ज्ञापन पत्रमार्फत चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेटमा आयोजित कोण सभामा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह, तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, तरुण दल नेपालगन्ज उपमहानगर अध्यक्ष संदिपजंग शाह, पीडित परिवारका सदस्यले दोषीलाई कडा कानुनी सजाय हुनुपर्ने माग गरेका थिए । ज्ञापत्र पत्र बुझाउनु अघि नेपाली कांग्रेस बाँकेको कार्यालय अगाडीबाट तरुण दलले प्रर्दशन समेत गरेको थियो ।

प्रकाशित मिति : ७ भदौ २०८१, शुक्रबार  ६ : १५ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज