२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बुटवलको ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामको काम शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथामका लागि थप काम शुरु गरेको छ । गत आर्थिक वर्षमा नियमित रुपमा पहिरोग्रस्त क्षेत्रमा ग्याबिन जाली लगाउने, नाला, खोल्साहरु सरसफाइ गर्ने, अनुगमन गरी सम्भावित जोखिम न्युनीकरण गर्ने र अन्य सुरक्षाका उपायहरु अपनाउने गरेको थियो ।

चालु आर्थिक वर्षभरिमा के कस्ता काम गरेर पहिरोलाई रोक्न सकिन्छ भन्नेबारेमा प्राविधिकसहितको टोलीले आइतबार बिहान अनुगमन गरेको हो ।

चालु आर्थिक वर्षमा आवश्यक स्थानमा ग्याबिन जाली लगाउने, खोल्साहरु सफा गर्ने, पानीको बहावलाई व्यवस्थित गर्ने जस्ता काम गर्ने गरी बजेट विनियोजन भएको र सोहीअनुसारको काम शुरु भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए । उनका अनुसार पहिरोको जोखिम कम गर्न र स्थानीयलाई सुरक्षित बनाउनका लागि नगरको बजेटले थेग्ने सम्मका काम गरिरहेको छ ।

ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रमा २०७८ सालमा आएको पहिरोले १५ घर पूर्ण क्षति भएको थियो भने ३० घर आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो। सोही अनुसारको क्षति हुन नदिनका लागि बुटवल उपमहानगरपालिकाले विशेष प्राथमिकताका साथ बस्ती सुरक्षाका लागि काम गरिरहेको प्रमुख पाण्डेयले बताए ।

उनले नगरको बजेटले मात्रै ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो रोकथाम हुन नसक्ने भएकाले संघ र प्रदेश सरकारलाई पटक पटक अनुरोध गरेपनि उचित सम्बोधन हुन नसकेको बताए ।

‘हामी निर्वाचित भएर आएदेखि हरेक वर्ष र वर्षायाम शुरु हुनुअघि प्रदेश सरकार, संघ सरकार र विपद हेर्ने गृह मन्त्रालयमा छुट्टाछुट्टै रुपमा पत्राचार गर्ने र भेटेरै पनि जानकारी गराउने र विपद न्युनीकरणका लागि दिगो हुने गरी काम गर्नुपर्ने बताएका छौं, उनले भने-तर संघ र प्रदेश सरकारले हामीलाई जति सहयोगको खाँचो छ त्यसअनुसार केही पनि गरिरहेको छैन, संघबाट विपदका लागि केही रकम आएपनि प्रदेशबाट त आएकै छैन ।’

पहिरो नियन्त्रणका लागि गत आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदान अन्तरगत ४ करोड ५० लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरणका लागि संरचनाहरु निर्माण गरिएका थिए ।

ती संरचनाकै कारण पहिरो रोकिएको जनप्रतिनिधि समेत रहेका स्थानीय अमृत खड्का बताउँछन् । ‘लगातार २ वर्षदेखि यहाँ चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्ट बनाउने काम नगरेको भए बस्तीमा पहिरो पुगिसकेको हुन्थ्यो, उनी भन्छन्-माथिबाट बगेर आएको लेदो र ढुंगाहरु हटाउन २४सै घण्टा एक्साभेटर राखिएको छ, प्राविधिकहरुलाई नियमित रुपमा अनुगमन भएको छ, यसैले पहिरोले त्यसरी क्षति गर्न सकेको छैन ।’

२०७८ भदौ १३ र १४ गते बुटवल उपमहानगरपालिकाको ज्योतिनगर र लक्ष्मीनगर माथिको भागस्थित चुरे क्षेत्रमा गएको ठूलो पहिराका कारण बुटवल बजार नै जोखिममा परेपछि विज्ञको टोलीले अध्ययन गरेको थियो ।

राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिको सहजीकरण र सहयोगमा समितिका सदस्य तथा भू-विपद् विज्ञहरु डा सुस्मिता ढकाल, डा रञ्जनकुमार दाहाल, डा मनिता दाहाल र ई सञ्जय देवकोटा सम्मिलित टोलीले ज्योतिनगरको माथिल्लो भागमा रहेको श्रवन डाँडा क्षेत्रको पहिराको स्थलगत अध्ययन गरेका थिए ।
अध्ययनपछि सो टोलीले तयार पारेको प्रतिवेदनअनुसार ‘भिरालो जमिनमा सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नगरे त्यस्तो भिरालो जमिन असन्तुलित हुनपुग्छ, श्रवन डाँडाको पहिरालाई रोकथाम गर्ने पहिलो उपाय पनि सतही पानी र भूमिगत पानीको सही व्यवस्थापन नै हो’ भनिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ५ : ५३ बजे

अस्वाभाविक महत्वाकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर वृहत एकतामा जुटौं : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले प्रतिनिधिसभा निर्वाचनको परिणामले

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा

राहुघाट-पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी । रघुगङ्गा गाउँपालिका-३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

गगनलाई राजीनामा नदिन चन्द्र भण्डारीको सुझाव, भने- “भाग्ने होइन, कांग्रेस बचाउने समय” हो   

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयपछि नैतिक जिम्मेवारी लिँदै सभापति

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली