२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

‘नक्कली छोरी’ प्रकरणमा मेरो संलग्नता छैन : सिनपा ८ वडाध्यक्ष राणा



बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर-८ का वडा अध्यक्ष राजनजंग राणाले ‘नक्कली छोरी’ बनेर मल्लाह परिवारको जग्गा हत्याउने प्रयासका आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन ।

दिवंगत निःसन्तान सुखु मल्लाह दम्पतीको सम्पत्ति कब्जा गर्न ‘नक्कली छोरी’ बनेर दुई महिला लागिपरेको रूपन्देहीको सिद्धार्थनगर-६, गल्लामण्डीस्थित एक परिवारले जनप्रतिनिधि, प्रशासक र कर्मचारीको मिलेमतो रहेको पीडित परिवारको दावी छ ।

सुखुका दाईका छोराहरु लालजित र सन्त मल्लाहको नाममा गइसकेको अवस्थामा सुखु मल्लाहको सम्पती हत्याउन ‘नक्कली छोरी’हरु रिखीदेवी अग्रवाल र मालती मल्लाहले ले हत्याउने प्रयास गरेका छन् ।

महिलाको नागरिकताबारे सिद्धार्थनगर–६ बाट सर्जमिन गरिनुपर्नेमा सिद्धार्थनगर-८ बाट गरिएको थियो । फरक स्थानबाट गरिएको सर्जमिनबारे परीक्षण र छानबिनबिनै जिल्ला अदालतले २०८० भदौ २६ मा ‘नक्क्ली छोरी’ बनेका रिखीदेवी र मालतीको पक्षमा फैसला गरेको मल्लाह दाजुभाइको आरोप छ ।

यसमा आफू कतै संलग्न नभएको वडा अध्यक्ष राणाले आइतबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । ‘प्रहरीबाट सर्जमिन गरेर आएको कागजात मैले हस्ताक्षर गरेको हुँ’ राणाले भने, ‘त्यो कागजात कसरी बने भन्ने कुरा मलाई थाहा भएन । सर्जमिन हाम्रो वडाबाट गराउन भूमिकामा मलाई जोडिएको भएतापनि उक्त कार्यमा म कुनै किसिमबाट सहभागी छैन ।’ ‘सर्जमिनमा मेरो सहीछाप गरेको कुरालाई म स्वीकार गर्दछु’ राणा भन्छन, ‘मेरो मिलेमतोको आरोपको खण्डन गर्न चाहन्छु । साथै राज्यले गर्ने सबै प्रकारका छानविन प्रक्रियामा निष्पक्ष ढंगले सघाउनु प्रतिबद्धता व्यक्त गर्दछु ।’

कायालय अबधिभर कार्यकक्षमा बसेर गर्नुपर्ने नियमित काम र नागरिकको सेवालाईं प्राथमकिता दिएको छु । साथै सामाजिक गातिविधिमा संलगन भएर स्थानीय वासिन्दाका दुखसुःखमा हातेमालो गदै आएको छ कुनै प्रलोभन नराखेर काम गदै आएको राणाले प्रष्ट पारे । उनी नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा गरी दुई पटक लगातार निर्वाचित वडा अध्यक्ष हुन् । रिखीदेवी अग्रवालको घर सिद्धार्थनगर-८ मा भएर उनीसँग चिनजान भए पनि मालती मल्लाहलाई आफूले नचिनेको वडा अध्यक्ष राणाको भनाइ छ ।

न्याय माग्दै मल्लाह दाजुभाइ

नक्कली छोरी बनेर भैरहवामा करोडौंको घरजग्गा हडप्ने प्रयास शिर्षकमा खबरकुरा डटकमले ७ भदौमा समाचार छापेको थियो ।

नक्कली छोरी बनेर भैरहवामा करोडौंको घरजग्गा हडप्ने प्रयास

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ७ : २१ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य