१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रदेश राजधानीमा मन्त्री क्वाटरमा आगलागी



हेटौंडा । बागमती प्रदेश सरकारका एक मन्त्रीको निवासमा आगलागी भएको छ । प्रदेश राजधानी हेटौंडा उपमहानगरपालिका(९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको हो ।

बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा बिजुलीको तार सट भई अचानक आगलागी भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । दमकल र प्रहरीको टोलीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिएको भण्डारीले बताए ।

आगलागीबाट इन्भर्टर ब्याट्री ४ थान, ब्याट्री पावर सप्लाई १ थान, वाइफाई राउटर १ थान, कार्पेट( गलैचा १ थान, जिप्सन १०र५ को क्षति भएको छ ।

 

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  १० : १३ बजे

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम

सङ्खुवासभामा शिक्षकको गोली हानी हत्या

काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिकामा गोली प्रहारबाट एक शिक्षकको हत्या

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

काठमाडौँ । अस्पतालको भित्ता हराएका व्यक्तिहरुको तस्बिरले भरिएको छ ।