२३ बैशाख २०८३, बुधबार | May 6, 2026

पाल्पाबाट रानीमहल जाँदै गरेको भारतीय कार दुर्घटना, चालकको मृत्यु



बुटवल । पाल्पाको रानीमहल सडकखण्डमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका-१ नारनडाँडास्थित तानसेन रानीमहल सडक खण्डमा आइतबार राती पौने ११ बजेतिर उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार तानसेनबाट रानीमहल तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको युपी १४ डिएन १०४ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी कार चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारको लागी मिसन अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कार सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ । प्रहरीले उक्त दुर्घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ८ : २४ बजे

सुनचाँदीको मूल्यवृद्धि

काठमाडौँ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच