२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

बुद्ध टेलिभिजन १७ औं वर्षमा प्रवेश : बुटवलका मेयरले गरे बुटवलमा मिडिया ग्राम स्थापना गर्ने प्रतिबद्धता



बुटवल । शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । वि.स. २०६५ सालमा कृष्ण जन्माष्टमीको दिन टेलिभिजनले आफ्नो प्रशारण सुरुवात गरेको थियो ।

वार्षिकोत्सवको अवसरमा बुद्ध सामुदायिक टेलिभिजनको कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज रुपान्तरणमा टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको बताए । उनले निष्पक्ष पत्रकारिता गर्नको लागि जोड दिँदै नेपालमै पहिलो मिडिया ग्राम बुटवलमा स्थापना गर्ने र यसको सुरुवात यसै वर्षबाट गरिने जानकारी दिए ।

मिडिया हाउसहरु पछिल्लो समय आर्थिक संकटबाट गुज्रीएको बताउँदै उनले मिडिया ग्रामको स्थापना गर्न सके मिडिया हाउसलाई बचाउन सकिने बताए । मिडिया हाउस बाँचे मिडियाकर्मी बाँच्ने बताउँदै मेयर पाण्डेयले आफ्नै कार्यकालमा जस्तोसुकै परिस्थितीको सामाना गरेर भएपनि मिडिया ग्रामको स्थापना गराएरै छाड्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

बुद्ध सामुदायिक टेलिभिजनका अध्यक्ष ओम प्रसाद ज्ञवालीले टेलिभिजनले समाजका कुरानै प्रमुख मुद्धा बनाउँदै आएको बताए । बुटवलमा मिडिया ग्रामको स्थापनाको आवश्यकता रहेको बताउँदै उनले उपमहानगरपालिकाले मिडिया ग्रामको स्थापना गरे मिडिया हाउसलाई ठुलो राहात मिल्ने बताए ।

बुद्ध सामुदायिक टेलिभिजनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षत्रीले टेलिजिभनले अबका दिनमा आफ्नै भवन निर्माण गरेर प्रशारणको लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले बुटवल उपमहानगरपालिकाले मिडिया हाउस र मिडियाकर्मीको क्षमता बृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे ।

वार्षिकोत्सवको उद्घाटन समारोह टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत तथा कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको छ । टेलिभिजनले वार्षिकोत्सवको अवसरमा रक्तदान, छात्रबृत्ति वितरण, तीज मिलन लगायतका रचनात्मक कार्यक्रम गरिने टेलिभिजनका कार्यकारी प्रमुख कपिल ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ९ : ०३ बजे

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र

अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक राहदानी

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल ले आफ्नो नाममा रहेको कूटनीतिक

भुटानी प्रधानमन्त्री तोब्गेले दिए रवि र बालेन्द्रलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति