२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङको नागरिकता बनाउन प्रधानमन्त्रीस्तरबाटै पहल‍



काठमाडौं । ‘हेर्ने कथा’ले सार्वजनिक गरेको ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङले नागरिकता पाउने भएका छन् । प्रधानमन्त्रीकै स्तरबाट पहल भएपछि प्रकाशको नागरिकता बनाउने पक्रिया अगाडि बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशको नागरिकता छिटो बनाउने विषयमा गए राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको बताएका छन् । गृहसचिव अर्यालले दुई-चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

ओलीका अनुसार नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारले आवश्यक सहयोग गर्ने पनि तयारी गरेको छ ।

यसबारे प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन्, “नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।”

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ८ : ३९ बजे

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि