१३ पुस २०८२, आइतबार | December 28, 2025

‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङको नागरिकता बनाउन प्रधानमन्त्रीस्तरबाटै पहल‍



काठमाडौं । ‘हेर्ने कथा’ले सार्वजनिक गरेको ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङले नागरिकता पाउने भएका छन् । प्रधानमन्त्रीकै स्तरबाट पहल भएपछि प्रकाशको नागरिकता बनाउने पक्रिया अगाडि बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशको नागरिकता छिटो बनाउने विषयमा गए राति नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको बताएका छन् । गृहसचिव अर्यालले दुई-चार दिनभित्रै नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएको बताएका छन् ।

ओलीका अनुसार नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई सरकारले आवश्यक सहयोग गर्ने पनि तयारी गरेको छ ।

यसबारे प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भनेका छन्, “नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।”

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ८ : ३९ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,