२७ मंसिर २०८२, शनिबार | December 13, 2025

कुनै हालतमा लक्ष्यअनुसार राजश्व बढाउनुपर्छ- गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउनुपर्ने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् ।

‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने, ‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्यक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’

राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्धन्द्धमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो । ‘भन्सार एकदक कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो । सशस्त्र द्धन्द्धको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं । तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।

जग्गा र भवन भएका छोटी भन्सार सञ्चालनमा ल्याउने विषयमा आजै निर्णय गरी जनशक्ति पठाउन गाह्रो नभएको गृहमन्त्री लेखकले बताए । ‘भन्सारको जनशक्ति कम छ भने बढी जनशक्ति भएको ठाउँबाट ताने भैहाल्छ । यसमा मैले सहयोग गर्छु । भारततिर भन्सार छैन भनेर नेपालमा छोटी भन्सार सञ्चालन गर्न नरोकौं । छोटी भन्सार हुँदा राजस्वमा वृद्धि हुन्छ भन्ने मलाई लागेको छ,’ उनले भने ।

गृहमन्त्री लेखकले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई गृह मन्त्रालयले गर्ने काममा कमी कमजोरी भए जुन सुकै बेला भन्न आग्रह गरे । यस्तै गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद प्रहरीले धेरै भार बोकेको भन्दै अर्थमन्त्री पौडेलका ध्यानाकषर्ण गराए ।

‘गृहमन्त्रालयमा आएपछि प्रहरी देखेर दया लागेको छ । शान्ति सुरक्षा, भीड नियन्त्रण, अपराधको अनुसन्धान, मुद्दा चलाउने, मान्छे थुन्ने, छाड्ने, राजस्व चुहावट नियन्त्रण गर्ने काम प्रहरीको हुन्छ । लोड धेरै छ । अत्यन्त सीमिति स्रोत साधनमा काम गरिराख्नु भएको छ । मैले माननीय अर्थमन्त्रीजीको यसमा ध्यानाकर्षण गराएँ ,’ उनले भने ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  २ : १२ बजे

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र