१० पुस २०८२, बिहिबार | December 25, 2025

विद्युतीय सवारीको प्रयोग बढाउन बुटवलमा छलफल



बुटवल । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय व्यवसायीहरुका बीचमा छलफल भएको छ ।

बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा तीन पक्षले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिदै जानेमा सहमति जनाएका छन् ।

शहरी क्षेत्रको वातावरणीय प्रदुषण क मगर्न र मागभन्दा बढी हुने विद्युत खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेको बेला बुटवलमा यसको पहल थालिएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने गरी बुटवल उपमहानगरपालिका, एडीबी र व्यवसायीहरुका बीचमा साझेदारी गर्ने गरी पहिलो चरणको छलफल सकिएको छ ।

छलफलले विद्युतीय सवारी सञ्चालनका मोडलहरु, व्यवसायीलाई दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशनहरुका बारेमा एकमत व्यक्त गर्दै थप अध्ययनपछि दोश्रो चरणको छलफल गर्ने निष्कर्ष निकालेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनका अनुसार देशमै सबैभन्दा धेरै सवारी साधन भएकोमध्येको शहर बुटवलबाट यसको शुरुवात गर्ने गरी एडीबीले निश्चित लगानीमा बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने उनले बताए । बुटवलबाट छुट्ने सवारीहरुलाई पर्यटकीय स्थलहरुमा पु¥याउने र नियमित सवारी सञ्चालनलाई थप व्यवस्थित गर्ने गरी कुराकानी भएको प्रमुख पाण्डेयले बताए ।

छलफलमा सहभागी एडीबीका नेपाल आवासीय मिसनका लिडर अरुण रामामुर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारी साधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुसँगको छलफल सकारात्मक भएको बताए । उनले एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको बताए । विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै उनले वातावरणमैत्री भएकाले पनि यसको उपयोगमा चासो बढिरहेको बताए ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक रहेको बताए । उनले एडीबी र बुटवल उपमहानगरपालिकाको योजनामा सहभागी हुन इच्छुक रहेको बताए ।

छलफलमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, एडीबीका सिनियर प्रोजेक्ट अफिसर हेमन्त तिवारी, एडीबीका प्रतिनिधिहरु ग्लोरिया गेरिल्ला टेकनोमो, ओली नोरोजोनो, गुरुदत्त अधिकारी, रोम भट्टराईलगायत सहभागी थिए ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ३ : १७ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका