१७ माघ २०८२, शनिबार | January 31, 2026

सरकारी अस्पतालमा सम्भव नभएका क्यान्सर नमूना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने



काठमाडौं । देशका सरकारी क्यान्सर अस्पतालको ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने भएको छ ।

संघअन्तर्गतका भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउन मन्त्रालयमा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको क्यान्सर नमूना यसअघि नै प्रयोगशालाले परीक्षण थालिसकेको छ । बाँकी दुई अस्पतालको ल्याब परीक्षणका लागि प्रयोगशालाका निर्देशक डाक्टर रन्जन भट्टले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा अस्पतालसँग सम्झौता गरेका हुन् ।

यस अघि ती अस्पतालहरुमा सम्भव नभएका परीक्षणका लागि बिरामी आफैंले निजी ल्याब तथा भारतसम्म धाउनुपर्ने अवस्था थियो । तर , अब तीनवटा संघका अस्पताल अनि पाँच प्रदेशमा रहेका विस्तारित अस्पतालका नमूना प्रयोगशालाले परीक्षण गर्ने भएको हो ।

यसैगरी, ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सहकार्य गर्ने भएको छ । यस कार्यसँगै नागरिकले क्यान्सर परीक्षणमा व्यहोर्नुपरेको झन्झट र खर्चमा केहि कमी आउने मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले बताए ।

क्यान्सर उपचार पाँच प्रदेशमा विस्तार गरेर सबै प्रदेशमा पुर्याउन सक्रियता लिएका मन्त्री पौडेलले ल्याब नमूना सहज र कम खर्चमा गर्न प्रयोगशालामार्फत यस्तो सम्झौता गराउन अग्रसरता लिएका हुन् ।

सम्झौतापछि सामाजिक सन्जालमा मन्त्री पौडेलले लेखेका छन्, ुभक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबीच सम्झौता गरेका छौँ । अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ ।ु

अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि प्रयोगशालाले सघाउनेछ । यस कार्यसँगै नागरिकको क्यान्सर परीक्षणका लागि हुने झन्झट र खर्च केही कम हुने मन्त्री पौडेलले उल्लेख गरेकस छन् ।

यो सम्झौताले केहि समय अघि सातै प्रदेशमा क्यान्सर उपचार सेवा पुर्याउने मन्त्री प्रदीप पौडेलको योजनालाई थप प्रभावकारी र सहज बनाउने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ८ : १४ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक