२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

घर पस्ने वातावरण मिलाईदिन घिमिरेको आग्रह



बुटवल । रुपन्देहीको तिलोत्तमा-३ जानकीनगरमा रहेको दुई तले घरमा देखिएको विवाद समाधान गरि घरमा बस्ने वातावरण बनाई दिन घरधनी पशुपति घिमिरेले सबैसँग आग्रह गरेका छन । श्रीमति राधादेवी पौडेलको नाममा २०७४ सालमा खरिद गरेको घर पहिलेका घरधनीले छाड्न नमानेको भन्दै घिमिरेले घरमा बस्ने अनुकुल वातावरण मिलाई दिन गुहार गरेका हुन ।

उनले पत्रकार सम्मेलन गरेर आफुले खरिद गरेको घरमा बस्ने अनुकुल वातावरण सृजना गर्न पुराना घरधनीसँगै प्रहरी प्रशासन, नगर, वडा कार्यालय सबैसँग आग्रह गरेका छन । तिलोत्तमा तीन (साविकको आनन्दवन गाविस-३ ‘ख’) स्थित कित्ता नम्बर ३८६९ मा रहेको १६.७५ क्षेत्रफलको जग्गामा बनेको २ तले घर घिमिरे (श्रीमति राधादेवी पौडेल)ले ७४ सालमा बिमलाकुमारी श्रेष्ठसँग खरिद गरेका थिए । उनले आफुले खरिद गरेको घर आफैलाई दिनु पर्ने माग समेत पत्रकार सम्मेलनमा गरे ।

उनले सबै प्रकृया पुर्याएर सहमतिमै घर जग्गा खरिद गरेको उल्लेख गर्दै आफुमाथी लगाइएका विभिन्न आरोपहरु निराधार रहेको प्रतिकृया दिए । आफुलाई बिमलासँग २० करोड माग गरेको आरोप लगाइएको र त्यसमा कुनै सत्यता नभएको र झुट्टा आरोप मात्र भएको घिमिरेले बताए । कुमारी बैंकमा घर धितो राखेको र कुमारी बैंकले करिव एक महिना अगाडि घर लिलामको ३५ दिने सुचना समेत टाँस गरेको उनले बताए । घिमिरेका अनुसार अहिले पनि २ करोड ७० लाख जति बैंकमा लोन तिर्न बाँकी छ । आफुले किनेको घर आफ्नै भएकाले भदौ १५ गते घर सर्ने कार्यक्रम रहेको समेत घिमिरले पत्रकार सम्मेलनमा जानकारी दिए ।

यस्तै यसअघिनै विमला कुमारी श्रेष्ठले संचारकर्मीलाई प्रतिकृया दिदै लेनदेनअघि आफूहरु बीच भएको सहमति अनुसार नै घरजग्गा आफुले फिर्ता पाउनु पर्ने माग गरेकी छिन । कागजातमा जे जस्तो भएतापनि घर फिर्ता गर्न लाग्ने र हिसाबमा देखिए अनुसारको रकम घिमिरेलाई बुझाउन आफु तयार रहेको श्रेष्ठले प्रतिकृया दिइन । २०७४ सालमा घिमिरेले घर खरिद गरि आफ्नो नाममा बनाएता पनि विगत ७ वर्षदेखि श्रेष्ठ परिवार सोही घरमा बस्दै आएका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ११ : २९ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य