१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बाँकेमा भएको बस दुर्घटनामा मृत्यु भएका २ जनाको सनाखत



नेपालगन्ज । बाँकेको गनापुरमा बस पल्टिदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ६ का बसका सहचालक २४ वर्षिय सन्तोष भुसाल र सोही स्थानका ६० वर्षिय मानबहादुर वली रहेका छन् ।

दाङबाट नेपालगन्ज आउँदै गरेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा दुर्घटनामा परेको हो । पट्टा भांच्चिएर अनियन्त्रित भई बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले २१ जना घाइतेको नेपालगन्जको भेरी अस्पतालमा, दुई जनाको नर्सिङहोम र पांच जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताए । नर्सिङहोममा उपचार गराउन पुगेका एकजना भने डिस्चार्ज भएको उनले बताए ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : १९ बजे

रास्वपाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं । सुनसरीमा भएको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ