१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु



अहमदाबाद । भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।

भारी वर्षाका कारण नदीको बहावहरू बढेका छन् भने नदी नजिक बसोबास रहेका ३० हजार भन्दा बढी मानिसहरू घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् ।
गुजरात सरकारले बुधबार १३ जनाको बाढीमा डुबेर मृत्यु भएको तथा बाँकीको घर वा रूखहरूले पुरिएर मृत्यु भएको जनाएको छ ।

इन्डियन एक्सप्रेसले राज्यभरी समाचार तयार पार्दासम्म बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । स्रोतका अनुसार विपद्बाट करिब एक हजार ८५६ जनालाई उद्धार गरिएको तथा राहत कार्यका लागि सेनाका अधिकारीहरू तैनाथ गरिएको छ ।

विपत्का कारण उर्जा तथा बिद्युत सेवा प्रभावित हुँदा करीब एक हजार गाउँहरू बिद्युतविहीन भएको जनाइएको छ । विपद् अधिकारीहरूले सार्वजनिक गरेकोे तस्बिर तथा भिडियोमा उनीहरूले बाढीमा फसेका मानिसहरूलाई बचाउनका कागि प्रयास गरिरहेको देखाइएको छ ।

विज्ञहरूले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको सङ्ख्या बढाइरहेको जनाएका छन् ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  २ : २१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू