२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

अमेरिकासहित १० देशले गरे टीआरसी ऐनको स्वागत



काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै अमेरिकासहित १० देशले स्वागत गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै संयुक्त विज्ञप्ति जारी गर्दै ती देशहरुले अन्तर्राष्ट्रिय समर्थन जनाएका हुन् ।

संयुक्त राज्य अमेरिका, स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सले प्रमाणीकरण भएको टीआरसी विधेयकको समर्थन गरेका हुन् ।ती देशहरुले ऐन कार्यान्वयनमा आवश्यक सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ-‘नेपाल सरकारले अगाडीको मार्ग पहिल्याउँदै गर्दा, हामी निम्नानुसारका हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने छौँ। निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउनेछ ।’

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ८ : १९ बजे

बुटवलमा विद्यालयस्तरीय राष्ट्रिय छात्र भलिबल प्रतियोगिता बिहीबारदेखि

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीले मदन भण्डारीको ७५ औँ

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा

सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद

मनास्लु आरोहणको ७० वर्ष : आरोहीलाई सम्मान

काठमाडौं । मनास्लु हिमाल आरोहणको ७० वर्ष पुरा भएको अवसरमा

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता