१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

मानवसेवा आश्रमको स्थापना दिवसमा बुटवलमा रक्तदान



बुटवल । मानवसेवा आश्रम(मानवता प्रवर्द्धन महाअभियान)को १२ औँ वार्षिक उत्सवको अवसरमा रक्तदान गरिएको छ । मानवसेवा आश्रम रुपन्देही बुटवल शाखाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुन्यको काम गर्दै आएको आश्रमले थप पुन्यको काम गरेको बताए । उनले बुटवल उपमहानरपालिका सडकआश्रीत मानव मुक्त नगरको रुपमा घोषण भैसकेको जानकारी दिँदै मानव सेवा आश्रमको परिवारसँग आफुले जहिले पनि सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । सबै स्थानीय तहलाई उदाहरणीय कार्यको रुपमा मानवसेवा आश्रमले काम गर्दै आएको बताए ।

कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले रक्तदान जस्तो महान अभियानमा सबैले साथ सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा मानवसेवा आश्रमा अभिभावक लोकनाथ भुषाल, मानवेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरुअधिकारी लगायतले आ आफ्नो माव सेवाका बारेमा धारणा राखेका थिए ।नेपाल रेडक्रस सोसाईटी रुपन्देहीरक्तसञ्चार सेवा केन्द्र बुटवलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ९ : ३८ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि