१२ बैशाख २०८३, शनिबार | April 25, 2026

पाँचथर बिस्फोटप्रति मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण



काठमाडौं । दुई बालबालिकाको ज्यान जाने गरी पाँचथरको फालेलुङ्ग गाउँपालिका– ५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा भएको बिस्फोटप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिस्फोटमा ११ वर्षीय दिप्सन साँवा र दुई वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको थियो। विष्फोटमा १० वर्षीय पवन राई र ७ वर्षीय दिपशन राई घाइते भएका छन्। उनीहरुको उपचार भइरहेको छ।

आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै बालबालिकाको ज्यान जाने गरी भएको उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

घटनाको कोशी प्रदेश कार्यालयमार्फत अनुगमन गरिरहेको उल्लेख गर्दै आयोगले घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई भनेको छ।

जथाभाबी छोडिएका यस्ता विस्फोटक पदार्थहरू निष्क्रिय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोगले सरकारलाई निर्देशन दिएको छ। उक्त विष्फोटक पदार्थ द्वन्द्वकालमा जथाभावी छाडिएका विष्फोटक पदार्थ हुन सक्ने आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ भदौ २०८१, शुक्रबार  ५ : ३७ बजे

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल-इजिप्ट मैत्री दौड

काठमाडौं । सगरमाथा दिवस र अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु

वीरगञ्जबाट पेट्रोलियम आयात, साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन

वीरगञ्ज । चालु आर्थिक वर्षको प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

नेपाल-बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौं । बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल-बङ्गलादेश

आगलागीमा परी एक जनाको मृत्यु

कैलाली । घोडाघोडी नगरपालिका-१, सुखडस्थित एक लजमा गए राति आगलागी