२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

परसपुर–गौघाट सडक कालोपत्र : म्याद सकिन ९ दिन बाँकी रहंदा २० प्रतिशत काम



खजुरा । परसपुर–गौघाट सडक खण्डको कालोपत्र निर्धारित समयमा अझै सम्पन्न भएको छैन । मुख्यतः बाँके र बर्दिया जिल्लाको जनताले सो सडकबाट आवतजावत गर्दछ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ । सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगन्जको परसपुरदेखि गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नको लागि करिब रु १४ करोडमा निर्माण कम्पनीसंग सम्झौता गरिएको थियो । समयमा कालेपत्रको काम नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका सहित जानकी, खजुरा र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने परसपुर–गौघाट सडक खण्ड हो । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ ।

सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छैन । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको उनले बताए ।

उनले भने, ‘‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ । तर प्रगति भने निराशाजनक छ ।’’

सम्झौता अनुसार निर्माण कम्पनीले २०७९ वैशाख देखि निर्माण सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । परसपुर–गौघाट सडक खण्ड निर्माण ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिँदै आएका छन् । २०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । यसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ ।

खजुरा बजार क्षेत्रका ठेकेदार सडकलाई खण्डहर पारेर मुद्दामामिलामा

उता खजुरा नेपालगन्ज सडकको खजुृरा बजार क्षेत्रको १८ सय मटिर सडक पनि निर्माण कम्पनीले गुणस्तरहिन बनाउँदा सडक खण्डहर जस्तै बनेको छ । गुणस्तरहिन सडक बनाएको भन्दै सडक डिभिजनबाट कालो सूची सहित ठेक्का सम्झौता खारेज गरेकोमा ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवा उल्टो सडक डिभिजन बिरुद्ध मुद्धा दिएर सडकलाई अलपत्र पारेर बसेको छ ।

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १२ : ३२ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत