२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत



काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ र साताँै वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ ।

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४औँ बैठकले आव २०७९÷८० र आव २०८०÷८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद् सचिवालयले जनाएको छ ।

बैठकले संविधानबमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरणसम्बन्धी समीक्षा भएको थियो ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारेमा छलफल भएको परिषद्द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति र रक्षासचिव सहभागी थिए ।

 

प्रकाशित मिति : १५ भदौ २०८१, शनिबार  १ : ३२ बजे

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन

काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन

निर्माण कार्यमा तीव्रता ल्याउन मन्त्रालयको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयले

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा