२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न पूर्वआइजीपीहरुको माग



काठमाडौं । पूर्व प्रहरी संगठन प्रमुख मञ्च, काठमाडौंले सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको छ ।

मञ्चले मंगलबार एक विज्ञप्ती जारी गर्दै मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रताको बर्खिलाप हुनेगरि सार्वजनिक कार्यक्रममा एक विशिष्ट श्रेणीका राष्ट्रसेवक नेपाल प्रहरीका ‘प्रहरी महानिरीक्षको जिब्रो थुत्नुपर्ने’ जस्ता शब्दहरुको प्रयोग गनरेकोमा गम्भीर ध्यानाकार्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग् सबैले शालिन, ससंस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरीजस्तो गरिमामय र नेपालको सरकारको सबैभन्दा सक्रिय संगठनको नजरबाट माननीयज्यू गिर्नुभएको छ ।’

मञ्चले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग माफी माग्न समेत आग्रह गरेको छ । साथै मन्त्रीको असंवेदनशील अभिव्यक्तिको घटनालाई आवश्यक संज्ञानमा लिएर कारवाही गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ ।

गत शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रहरी समायोजन सम्बन्धी विषयमा सोधिएको प्रश्नमा जवाफ दिँदै ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्ति विवादमा परेपछि मन्त्री गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दा शब्द चयनमा ध्यान दिन सचेत गराएका थिए

 

प्रकाशित मिति : १८ भदौ २०८१, मंगलबार  १ : २० बजे

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन