२० मंसिर २०८१, बिहिबार | December 5, 2024

बिहीबारदेखि सुकिलुम्बा बिमानस्थलबाट हवाई उडान हुने



इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए ।

गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन । त्यस्तै गत जेठ १७ गते काठमाडौंबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौं नै फर्केको थियो ।

गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन । इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको बताए ।

नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि काठमाडौं-इलाम-काठमाडौं उडान भर्दै आएको थियो । यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार दुई वटा उडान गरेको भए पनि अब भने बिहीबार मात्रै हुने जनाइएको छ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल इलाम नगरपालिका-९ मा पर्छ । यहाँबाट पहाडी जिल्ला इलामसहित पाँचथर र भारतका बिभिन्न यात्रुलाई काठमाडौं आवतजावतमा सहज हुँदै आएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८१, बुधबार  ८ : ३३ बजे

कोहलपुरमा पहिलोपटक समलिङ्गी विवाह दर्ता

कोहलपुर । देशका बिभिन्न जिल्लामा समलिङ्गी विवाहले सरकारी मान्यता नपाएर

‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महामहोत्सवले नेपाल–भारतबीचको

प्रहरीद्वारा गृहमन्त्री रमेश लेखकका नक्कली ‘पिए’ पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै गठी

माओवादी केन्द्रले बोलायो स्थायी समितिको बैठक, कार्यकारी राष्ट्रपतिको एजेण्डा ब्युँताउने

काठमाडौं। नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ ।

स्वास्थ्य मन्त्रालयमा गुनासो सुनुवाई एकाइ गठन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा अनुप बास्तोलाको संयोजकत्वमा