१५ माघ २०८२, बिहिबार | January 29, 2026

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी



हेटौंडा । मकवानपुरमा नेपाली सेना सवार ट्रकमा आगलागी भएको छ । थाहा नगरपालिका-४ स्थित कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

प्रहरीका अनुसार नेपाली सेना ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा विहिबार अपराहन्न आगलागी भएको जनाएको छ।

ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई सडक छेउ लगाउने क्रममा अचानक आगो लागेको प्रहरीले जनाएको छ । सापट भाँच्चिएर डिजेल ट्यांकीमा लागेर डिजेल चुहिएपछि आगलागी भएको थियो ।

ट्रकमा लागेको आगो नियन्त्रणमा लिइसकेको र ट्रकमा सवार १८ जना सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  ५ : २३ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको