१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरा बृहत तीज महोत्सव : मौलिक भाषामा प्रत्यक्ष सांगीतिक कार्यक्रम



बाँके । भदौ २१ गते अर्थात भोली, महिलाहरुको महान चार्ड हरितालिका तीज हो । यस अवसरमा धार्मिक परम्पारागत महिलाहरुले वर्त बस्ने, नाचगान गर्ने जस्ताका कार्यक्रमहरु गर्ने गर्छन् ।

साथै तीजको अवसमार देशभरका धेरैजसो स्थानमा तीज विशेष कार्यक्रम पनि आयोजना गरिन्छ । यसै सन्दर्भमा बाँकेको खजुरामा हरेक वर्ष झै यो वर्ष पनि बृहत ‘खजुरा बृहत तीज महोत्सव-२०८१’ आयोजना हुँदैछ । जसको तपारी पूरा भएको आयोजक लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विगत १८ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको तीज महोत्सवको यो १९औं सृखला हो । विशेषगरी यो पटक खजुरालाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माणार्थ महोत्सव आयोजना गर्न लागिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत रहेको छ । हरेक वर्ष तीजका कार्यक्रमामा मौलिकता हराउँदै गएकाले यसलाई जोगाउने उद्देश्य यो वर्षको महोत्सवले लिएको सचिव सुरेस कुमार खत्रीले बताए ।

उनले तीजमा पूर्णरुपमा मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगिता, परम्परागत लाखे नाच एवम् नेपाली परम्परागत खानाका परिकारका स्टलहरु महोत्सवमा राखिने बताए ।

सांस्कृतिक समितिका संयोजक मानबहादुर भण्डारीले अनुसार मौलिक सामुहिक तीज नृत्य र मौलिक सामुहिक गीत प्रतियोगितामा नगद पुरस्कारको पनि व्यवस्था गरिएको बताए । भण्डारीका अनुसार सामुहिक तीज नृत्य प्रतियोगिताको प्रथमलाई २६ हजार, द्वीतीयलाई १६ हजार, तृतियलाई १० हजार र सान्त्वनााई ३ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

साथै तीज गीत प्रतियोगिताको प्रथमलाई २१ हजार, द्वीतियलाई १३ हजार, तृतियलार्य ७ हजार ५ सय र सान्त्वनालाई २ हजार १ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० भदौ २०८१, बिहिबार  १० : ०२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा