१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा



दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व धुमधामका साथ मनाउने तयारी गरिएको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात् श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी पर्वका रुपमा मनाउने चलन छ । हरितालिका तीजपछिको शनिबार मध्यरातमा दर (भिन्सर्या) खाएर अट्वारी व्रतको तयारी सुरु हुन्छ ।

महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक कुलवीर चौधरीले द्वापरयुगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एकजना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरि भीमका नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको बताए । उनका अनुसार अट्वारी पर्व थारू समुदायको दसैँपछिको ठूलो चाड भएकाले यसको महत्त्व धेरै रहेको छ । “चेलिबेटीको सम्मान गर्ने, सूर्य उपासनासँग जोडिएका भगवान्हरुको पूजा र शक्तिशाली बलवान भीमको पूजा गर्ने चलन छ”, उनले भने ।

अट्वारी पर्वमा दाजुभाइ दिदीबहिनीको रक्षाको कामना गर्दै दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन् । व्रत बसेका व्रतालुले फलफूललगायत परिकार आफूले खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग्ग राख्ने प्रचलन रहेको घोराही उपमहानगरपालिका–६ का अगुवा भीमबहादुर चौधरी बताउँछन् । यो पर्व छोरीचेलीलाई सम्मान गर्ने पर्व हो । त्यसरी छुट्याइएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ । त्यो कोसेलीलाई ‘अग्रासन’ दिने भनिन्छ । अट्वारीको दोस्रो दिन बिहान पतौला खरिया, भात, गब्दा, खुर्मा, फुलौरी र तामासहितका तरकारी र सात प्रकारका विभिन्न परिकार तयार गरी व्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् । दर खाएको बिहान सबैजना रोटीका विभिन्न परिकार बनाउँछन् ।

सबै परिकार पकाएर तयार बनाएपछि व्रतालुहरू मध्याह्न नदी, तलाउ, जलाशयमा स्नान गर्छन् । व्रतालुहरू स्नान गर्न गएको बेला घरमा गोबरपानीले लिपपोत गरी शुद्ध पारिन्छ । बस्नलाई काठको शुद्ध मुढा राखिन्छ । व्रतालुहरू स्नान गरेर फर्केपछि त्यही चोखो ठाउँमा बस्छन् । महिलाले खानेकुरा दिन्छन् । व्रतालु पुरुषले खानेकुराको पूजा गरेपछिमात्र खान्छन् । जसरी भीमले बहिनीका लागि परिकार सम्झेर छुट्याएका थिए । त्यसरी नै व्रतालु थारूले एक भाग दिदीबहिनीका नाममा छुट्याएर अर्को भाग परिकार खान्छन् । परिकार खानुअगाडि भीमको स्मरणमा पूजा गर्छन् । सो दिनको परिकारमा नून मिसाइएको हुँदैन ।

थारू कल्याणकारीणी सभा दाङका पूर्वअध्यक्ष भुवन चौधरीले दाजुभाइ र दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अटवारी पर्व मनाइने बताए । “दिदीबहिनी र दाजुभाइ बीचमा माया, ममता, सद्भाव र भ्रातृत्व जगाउने पर्वका रुपमा अट्वारीलाई लिइन्छ,” चौधरीले भने । अट्वारीका अवसरमा आइतबार लुम्बिनी प्रदेश सरकारले बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा बिदा दिएको छ ।

प्रकाशित मिति : २२ भदौ २०८१, शनिबार  ८ : ५३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले