२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

आजको मौसम : बाग्मतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । देशका केही भू-भागमा बिहान वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, बाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ७ : ३५ बजे

पछिल्ला २४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

जेठ पहिलो सातादेखि सहकारी बचत फिर्ता : साना बचतकर्तालाई प्राथमिकता

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको

सगरमाथा क्षेत्रमा भेटिएको शव ‘डिएनए’ परीक्षणका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । सगरमाथा आधार शिविरदेखि दोस्रो शिविर तर्फ जाने बाटो

वैशाख २८ मा संघीय संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

काठमाडौं । सरकारले वैशाख २८ गते संघीय संसद्को अधिवेशन आह्वान

‘स्वदेशमै श्रमको उचित मूल्य र सम्मान प्राप्त नहुँदा विदेशिन बाध्य’

काठमाडौँ । दुबई प्रस्थान गर्न लाग्नुभएका ध्रुव विशाललाई स्वदेशमै श्रम