२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भैरहवामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता हुँदै



बुटवल । भैरहवामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ हुने भएको छ । रुपन्देही पुल तथा स्नुकर संघको आयोजनामा आठौ रुपन्देही जिल्ला स्तरीय स्नुकर प्रतियोगिता २०८१ हुने भएको हो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरि असोज ६ गते हुने प्रतियोगिताको तिव्र तयारी भैरहेको संघका अध्यक्ष सुजल पुनले जानकारी दिए । भैरहवा नारायणथानस्थित क्रेजि क्यु क्लब हाउसमा हुने प्रतियोगितामा तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

स्नुकरको क्रेज र विकासको गतिलाई जोड्ने गरि प्रतियोगिताहरु जरुरी रहने भन्दै उनले रुपन्देही खेलाडी जन्माउने उर्वरभूमि भएको दाबी गरे । रुपन्देहीमा राष्ट्रिय प्रतियोगिता समेत गर्ने तयारीमा रहेको उनले बताए । यसैगरी स्नुकर खेलको विकास र प्रचारप्रसारमा संचार क्षेत्रबाट भएको योगदानलाई मध्येनजर गरि पत्रकार सम्मान कार्यक्रमलाई समेत निरन्तरता दिने उनले बताए ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले रुपन्देही जिल्लाका विभिन्न पालिकाहरुमा यो खेल हुने गरेको हुँदा फरकफरक क्षेत्रमा प्रतियोगिता गर्ने अभ्यास शुरु गरेको बताए । स्नुकरप्रतिको आम नागरिक र प्रहरी, प्रशासनको सोचलाई परिवर्तन गर्न यहाका संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहेको समेत उनले बताए । संस्थालाई नयाँ र युवाहरुबाट निरन्तर पुस्तान्तरणलाई जोड दिनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा संघका सल्लाहकार तथा खेल संयोजक विजय थापाले स्नुकर खेलप्रतिको युवाहरुको आकर्षणलाई मध्येनजर गरि प्रतियोगिता गर्न लागेको बताए । पहिलो पटक भैरहवामा आयोजना हुन लागेको प्रतियोगितालाई भब्य र सभ्य रुपमा सफल बनाउने गरि तयारीमा लागेको उनले बताए ।

रुपन्देही जिल्लामा आवद्घ रहेका सदस्यले प्रतियोगितामा भाग लिन पाउनेछन। राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुले पनि भाग लिन सक्ने छन् । एक सय बढी खेलाडीहरुले भाग लिने प्रतियोगिताको उपाधि विजेतालाई नगद ६१ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि हाईयस्ट ब्रेकरलाई नगद १० हजार रुपैया, कपबाट पुरस्कृत गरिने बताइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, स्नुकर संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्य, प्रथम उपाध्यक्ष राजु प्रधान, संघका सचिव प्रकाश क्षेत्रीले खेल विकासमा स्थानीय सरकारको सहयोग जरुरी रहेको बताए । हाल रुपन्देहीमा ४४ वटा स्नुकर हाउसहरु संचालनमा छन भने धेरै राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी रुपन्देहीबाट उत्पादन भएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०८१, सोमबार  ९ : ४१ बजे

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज

छत्रदेव-छत्रगञ्जमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४५५ जनाले लिए सेवा

अर्घाखाँची । छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयको सहकार्यमा छत्रगञ्ज-रुपन्देही सम्पर्क

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा