८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

उपसभामुख हटाउने नहटाउने विषय सरकारको होईन, संसदको हो : गोकुल बाँस्कोटा



काठमाडौँ । सत्ता गठबन्धनका मुख्य ठुलादल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने बारे सहमति गरिरहँदा नेकपा एमालेका प्रभावशाली नेता एवं सांसद गोकुल वास्कोटाले उपसभामुख हटाउने काम सरकारको नभएर संसदको भएको बताएका छन् ।

एमालेका सांसद बास्कोटाले प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुखलाई हटाउने नहटाउने विषय सरकारको भन्दा संसदको विषय भएको बताएका हुन् ।

उनले उपसभामुख विवादमा परेकोले राजीनामा दिए उपयुक्त हुने सुझाव दिए । सत्तारुढ दलहरु बीच उपसभामुखलाई हटाउने विषयमा छलफल भइरहेको बेला एमाले सांसद बास्कोटाले मगरलाई राजीनामा दिनुनै उपयुक्त हुने बताएका हुन् ।

उनले लोकतन्त्रमा सबैसँग प्रश्न उठाउन पाइने भन्दै अरुलाई गलत प्रमाणित गर्ने अवसर पनि लोकतन्त्रमा हुने बताएका हुन् । उनले आफूमाथि पनि प्रश्न उठेपछि पदबाट राजीनामा दिएको स्मरण गर्दै आफ्नो बारेमा प्रश्न उठेपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने सहास राजनीति गर्नेहरुमा हुनुपर्ने उल्लेख गरेका थिए । उनले गम्भीर प्रश्नहरु उठेपछि पद छोड्नु नै उपयुक्त हुने बताए ।

 

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  ४ : १० बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ

रास्वपाका सांसदहरूले स्वकीय सचिवमा नातेदार राखे कारवाही हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीय सांसदका स्वकीय सचिव

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ