६ श्रावण २०८३, बुधबार | July 22, 2026

शान्ति सुरक्षा कायम गराउन खजुराका राजनीतिक दलहरुले प्रहरीलाई साथ दिने



खजुरा । बाँकेको खजुरामा युवाहरु लागु औषधको कुलतमा र बयस्कहरु घरेलु औषध(घरेलु मदिरा) को लतमा फंसेको स्थानीय अगुवाहरुले बताएका छन् । इलाका प्रहरी कार्यालय धनौलीमा नयाँ सरुवा भएर गएका ईन्चार्ज प्रहरी निरीक्षक पुर्ण केसीको परिचयात्मक कार्यक्रममा बोलाईएका स्थानीय अगुवाहरुले युवाहरुमा लागु औषध सेवनको समस्या विकरालरुपमा आएको बताए ।

उनीहरुले भारतीय सिमावर्ती क्षेत्र र बाँके बर्दियाको सिमामा बढी लागु औषधको कारोबार र सेवन हुने गरेको बताउँदै प्रहरीको सक्रियता बढाउन आग्रह गरे । सहभागी वक्ताहरुले खजुरामा गौहत्या र घरेलु मदिराको पनि बिगबिगी रहेको उल्लेख गर्दै प्रहरीले गैरकानुनी कार्य नियन्त्रण गर्न सक्रियतापूर्वक लाग्नु पर्ने बताए । तिब्ररुपमा शहरिकरण भइरहेको खजुरा क्षेत्रमा ट्राफीक ब्यवस्थापन, घरेलु हिँसा, बालबिबाह, मावबेचबिखन जस्ता घटनाहरु पनि हुने गरेको बताउँदै उनीहरुले प्रहरीले सबै खाले अपराधहरुलाई शुन्य सहनशीलताका साथ न्युनिकरण गर्न सुझाव दिए । वर्षाकाबीच उपस्थित स्थानीय अगुवाहरुले अपराध र अपराध कर्ममा लागेकाहरुलाई राजनीतिक दलहरुले संरक्षण गर्ने गरेको आरोप लगाउँदै अपराध कुनै दल विषेशको नहुने बताए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले अपराध न्युनिकरणका लागि प्रहरी र स्थानीयतहबीच समन्वय हुन जरुरी रहेको औंल्याए । उनले स्थानीयतहसँग आफ्नो प्रहरी नभएका कारण प्रहरी बिना स्थानीयतहले चाहेरमात्र सुशासन कायम हुन नसक्ने बताए । स्थानीयतहबाट प्रहरीलाई कानून बमोजिम काम गर्न पूर्ण साथ रहने बताउँदै अध्यक्ष विकले प्रहरीले पनि स्थानीय तहलाई सुशासन कायम गराउन साथ दिनु पर्ने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरामा गुणगर्दी र चोरी पनि थप समस्याका रुपमा रहेको बताईन् । उनले स्थानीयतहसँग पनि संबिधान बमोजिमको न्यायिक निकाय रहेकाले कानूनले स्थानीयतहको अधिकार क्षेत्रमा राखेको न्याय निरुपणका मुद्दाहरु प्रहरीले स्थानीयतहलाई पठाउन सुझाव दिईन । कानुन कार्यान्वयनमा प्रहरी र स्थानीय तह मिलेर अगाडी बढेमात्र नागरिकले शान्तिको अनुभूति गर्न पाउने उनले बताईन् ।

प्रहरी निरक्षिक केसीले समाजले उठाएको विषयलाई कारवाही गर्न र अपराध न्युनिकरण गर्न आफु प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा कांग्रेस खजुराका सभापति रमेश सिंजाली, एमालेका पालिका अध्यक्ष देबीलाल खनाल, माओवादी केन्द्रका अध्यक्ष राजकुमार बिक, राजमोकी मोमीना खातुन शिक्षक ऋषिराम सापकोटालगायतले प्रहरीलाई अपराध नियन्त्रण गर्न दलका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा ख श्रेणीमा रहेको खजुराको ईलाका प्रहरी कार्यालयलाई क श्रेणीमा स्तरउन्नती गर्न सहभागीको माग थियो ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ५ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं