११ भदौ २०८३, बिहिबार | August 27, 2026

नर्वेका सांसद्को टोलीद्वारा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँग छलफल



काठमाडौँ । नर्वेका सांसदहरुको एक टोलीले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग सिंहदरबारमा आज छलफल गरेको छ । दुई देशका संसदीय समितिबीच पहिलोपटक छलफल भएको पर्यटन समितिका सभापति राजकिशोर यादवले बताए । उनले संसदीय कूटनीतिका रुपमा भ्रमण र भेटघाट भएको उल्लेख गरे ।

छलफलमा दुवै संसदीय टोलीका सदस्यहरुले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा गरेका थिए । बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो । लोकतन्त्र, मानवअधिकार र सामाजिक न्यायका साझा मूल्यमान्यतामा मिलेर काम गर्ने प्रतिबद्धता दुवै देशका सांसदहरुले व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनका प्रभावहरुको न्यूनीकरण र दिगो विकास लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय मञ्चहरुमा सहकार्य गर्ने सहमति नेपाल र नर्वेबीच भएको छ । त्यस क्रममा सभापति यादवले नेपालको सङ्घीय संसद्को गठन प्रक्रिया, सङ्ख्या तथा संसदीय समितिहरुको काम र क्षेत्राधिकारबारे भ्रमण टोलीलाई जानकारी दिएका थिए । उनले नेपालको संसद्मा जनताका आवाजले ठाउँ पाउनुका साथै त्यहाँ उठेका सवालहरुको सम्बोधन गर्ने गरिएको बताए ।

नर्वेका पूर्वविदेशमन्त्री, रक्षामन्त्रीसमेत रहनुभएकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको छ । कञ्जरेभेटिभ पार्टीकी सांसद उनले सन् २०१३ देखि ०१७ सम्म रक्षा र सन् २०१७ देखि २०२१ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ८ : ३७ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०