२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

स्थापना दिवशमा मानव सेवा आश्रममा आश्रितलाई ओम्सको एक छाक खाना



बुटवल । आफ्नो स्थापनाको दोस्रो वर्षगाठको अवसरमा वजार व्यवस्थापन तथा विक्रि कर्मचारी संघ(ओम्स) नेपालले देशभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

त्यसै अवसरमा ओम्स नेपाल लुम्बिनी प्रदेश कमिटीले रुपन्देहीको भलवाडीको मानव सेवा आश्रममा रहेका खाश्रितहरुलाई खाना खुवाएको छ । आश्रममा आयोजित एक विशेष कार्यक्रममा ओम्सले त्यहा रहेका १ सय ४५ जना आश्रितहरुलाई एक छाक खाना खुवाएको ओम्सका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले बताए ।

सो अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले आश्रयविहिन व्यक्तिहरुको सेवा र सत्कार गर्नु सबैभन्दा ठूलो समाजसेवा भएको उल्लेख गर्दै ओम्स नेपालले आफ्नो स्थापना दिवश दिनदुखिहरुसंग विताएकोमा खुशी व्यक्त गरे । उपाध्यक्ष गौतमले व्यवसायीक तथा पेशागत संघसंस्थाहरुले आफ्नो कार्यक्रममा समाजसेवाको पाटोलाई पनि सगै लिएर अगाडी बढ्नु पर्ने सुझाव दिएका थिए ।

सो अवसरमा बोल्दै ओम्स नेपालका केन्द्रीय अध्यक्ष सूर्य पराजुलीले ओम्स नेपाल आफ्ना सदस्यहरुको हकहितका लागि मात्र नभएर समाजको हरेक अंगसंग मिलेर सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी दिनमा आफ्नो संस्थाले मानव सेवा आश्रम जस्ता सेवामुलक संस्थाको पिरमर्कामा सहयोगी बन्ने बताए ।

ओम्स नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष गंगा सागर पन्थीको अध्यक्षता तथा प्रदेश सचिव शंकर पाण्डेको सञ्चालमा भएको कार्यक्रममा मानव सेवा आश्रमकि जिल्ला संयोजक टिकामाया थापा, जिफ्न्ट लुम्विनी प्रदेश अध्यक्ष हुमकान्त काफ्ले लगायत बोलेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८१, बिहिबार  ९ : १० बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य