२१ माघ २०८२, बुधबार | February 4, 2026

आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउने चेम्बर लुम्बिनीको रणनीति



पाल्पा । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रबार सम्पन्न भएको छ । सरकार सङ्गको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर मात्र सम्मृद्द नेपालको परिकल्पना साकार पार्न सकिने निस्कर्स निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको हो ।

३ वर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने,साना तथा मध्यम व्यवसायीहरुलाइ व्यवसाय प्रवर्द्धन र व्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने, परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।

मुलुकमा उत्पादन भएका गुणस्तरीय वस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा व्यवसायीहरुलाइ सहयोग गर्ने,निर्यातका लागि सम्भावित थप वस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।

त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने, साना तथा मझौला उद्यमको शशक्तिकरण गर्ने, साझेदारी र सहकार्य विस्तार गर्ने, पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सहकार्य गर्ने,सीप विकास तालिमहरु सन्चालन गर्ने कार्ययोजना बनाएको छ ।

सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन । उपसमितिहरुमा नीति निर्माण, रास्ट्रिय, अन्तरास्ट्रिय सम्पर्क समन्वय उपसमिती, तालिम तथा क्षमता अभिवृद्दी, सङ्गठन विस्तार तथा सद्स्यता वृद्धि, पर्यटन प्रवर्द्धन, उद्योग, सचिवालय व्यवस्थापन, वित्त व्यवस्थापन, महिला उद्यमशीलता, युवा उद्यमशीलता र अनुगमन उपसमिति छ्न ।

कार्यशालाको समापन गर्दै प्रतिनिधिसभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रबर्द्धनको बाटो देखाउदै लगानीको बातावरण बनाउन आव्हान गरे । निजी क्षेत्रको सहभागीता बिना मुलुकको सम्मृद्दिको परिकल्पना गर्न नसकिने बताउदै राज्यले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे ।

चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए । कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  २ : ५६ बजे

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास

राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण पूरा

समृद्ध रुपन्देहीका लागि भौतिक विकास, शिक्षा र स्वास्थ्य प्राथमिकता : उम्मेदवार ई. पाण्डे

बुटवल । उज्यालो नेपाल पार्टीबाट रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार

आचारसंहिता उल्लङ्घन नगर्न कञ्चनपुर प्रशासनको आग्रह

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक