५ पुस २०८२, शनिबार | December 20, 2025

चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ बुटवलमा शुरु



बुटवल । चार्टर एकाउन्टेन्टहरुको शारीरिक तन्दुरुस्ती र भाईचारा विकास गर्ने लक्ष्यसहित नेपाल चार्टर एकाउन्टेन्ट संघ, रुपन्देहीको आयोजनामा चौथो राष्ट्रिय एकान फुटसल प्रतियोगिता २०८१ शुरु भएको छ ।

शिखर ईन्स्योर्न्सको मुख्य प्रायोजनमा साईन रेसुङा बैकको सहयोगमा शुक्रबारदेखी दुई दिने प्रतियोगिता शुरु भएको हो ।

बुटवल योगीकुटीस्थित स्वर्णिम फुटसल एरिया नरभिल्लामा भएको उद्घाटन खेलमा सुर्य नेपालले एकान (बाके जिल्ला) लाई १-० गोल अन्तरले पराजित गरेको छ ।

सुर्य नेपालका प्रकाश पौडेलले विजयी गोल गरे । यसैगरि दोस्रो खेल एकान ९रुपन्देही० ले बुटवल स्ट्राईकर्सलाई ८-१ गोल अन्तरले पराजित गरेको छ ।

एकान रुपन्देहीका प्रविण देवकोटा २, कमल कार्कीले ३, अमृत बहादुर कार्कि, मुकुल पन्थी, सुभाष गौतमले गोल गरेका थिए । बुटवल स्ट्राईकर्सका सगुन खनालले सान्त्वना गोल गरे ।

एक समारोहका बिच एकानका पुर्व अध्यक्ष आनन्दराज शर्मा वाग्लेले प्रतियोगिताको शुभारम्भ गर्दै चार्टर एकाउन्टेन्टहरु पनि खेलकुद गतिविधि गरेर स्वास्थ्य सचेतना दिन सफल भएको बताए ।

वार्षिक कार्यक्रम अन्तरगत प्रतियोगिता शुरु भएको प्रतियोगिताको चौथौ संस्करण रुपन्देही शाखा आयोजना गरेर निक्कै महत्वपूर्ण भुमिका खेलेको उनले बताए ।

फुटसलबाट सिएहरुको नया नया पुस्ताहरुबिचमा सम्बन्ध जोड्न सकिने र भाईचारा स्थापना हुने उनले बताए । नियमित अभ्यासकै कारण अहिले सिएहरुका खेल ब्यवसायिक रुपमा विकास भैरहेको समेत उनले बताए ।

 

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : १८ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले