२२ भदौ २०८३, सोमबार | September 7, 2026

पार्टी कार्यकर्तालाई मुख्यमन्त्री आचार्यको निर्देशन “योजना खोज्दै हिड्ने होइन, कृषि फर्म खोलेर आत्मनिर्भर बन्नुस”



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले प्रदेश सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार उन्मुलन गर्न अघि बढाएको अभियानलाई जनता माझ पुर्‍याउन पार्टी पंक्तिलाइ निर्देशन दिएका छन ।

नेकपा एमाले बिजयनगर गाउँपालिका कमिटी कपिलवस्तुको दोस्रो गाउँ कमिटी अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सुशासन कायम गर्न र भ्रष्टाचार निर्मुल गर्न कठोर भएर अघि बढेको बताएका हुन । “एक पटक मुख्यमन्त्री भएपछी आजिवन राज्यबाट सेवासुविधा लिने निर्णयलाई उल्टाएका छौं” उनले भने- “प्रदेश सरकारले गरेको ताकेताबाट एक जनाले गाडी फिर्ता गर्नुभयो, अर्को गाडी फिर्ता हुने अवस्थामा छ । उहाँले फिर्ता नगरे प्रहरी लगाएर पनि फिर्ता गराउछौं ।”

योजना कार्यान्वयनको नाममा हुने आर्थिक अपचलनका बिरुद्ध प्रदेश सरकार निर्मम ढंगले अघि बढेको बताए । पाँच लाख भन्दा माथिका योजनालाइ प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्नेगरी सरकार अघि बढेको स्पष्ट पारे । “यो वर्ष लगेका फाइल पढ्न बाहेक, बजेट हाल्न सक्दिन । प्रदेश सरकारले असार १ गते बजेट ल्याउछ । यस बर्षको बजेट आइसकेको छ” उनले भने,- “छुटेका योजनालाई अर्को वर्ष समेट्छौं । परेको बजेटलाई सहि ढंगले सदुपयोग गरे विकासले फड्को मार्छ” । खेति गर्ने, पशु पाल्ने कामलाई पार्टीका नेताहरुले अंगालेर उदाहरण दिन आह्वान गरे ।

हरेक नागरिक आत्मनिर्भर नहुदा सम्म मुलुक बन्न नसक्ने भन्दै व्यवसायमा जोडिन आह्वान गरे । “कृषि गर्ने पेशा कमजोर हो भन्ने चिन्तनले अहिले समस्या निम्त्यायो । छोरा छोरीलाइ घाँस काट्ने, मल फाल्ने, गाई, भैंसी पाल्ने कुरा कथा जस्तो लाग्न थाल्यो” उनले भने,- “पुर्खाहरुले गरेका कामलाई निरन्तरता दिनेगरी हरेक क्षेत्रलाई प्रविधिसंग जोडेर युवाहरुलाइ लैजान सकिन्छ । यता पनि ध्यान दिनुपर्ने छ ।”

पार्टी अध्यक्ष थर्कबहादुर खन्गाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य गिरीधारीला न्यौपानेले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउने अभियानमा जुट्न पार्टी पंक्तिलाई आह्वान गरेका छन । अधिवेशन उद्घाटन कार्यक्रमलाई एमाले जिल्ला अध्यक्ष बावुराम खनाल, पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, पूर्व अध्यक्ष डम्बर शर्मा लगायतले सम्बोधन गरेका थिए । अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेकाहरुलाइ मुख्यमन्त्री आचार्यले स्वागत समेत गरेका थिए ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ५ : १२ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा