२२ भदौ २०८३, सोमबार | September 7, 2026

अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सञ्चालनमा



बैतडी । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ४ सिल्लेक र वडा नं ६ सलसेनामा पहिरो खसेको थियो । दुवै स्थानमा खसेको पहिरो पन्छाएपछि आजदेखि यातायातका साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । लगातार तीन दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ ।

यहाँ गत बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा शनिबारसम्म वर्षा हुने प्रक्षेपण गरेको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन गरेको छ ।

प्रकाशित मिति : २९ भदौ २०८१, शनिबार  १० : १६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा