११ श्रावण २०८३, सोमबार | July 28, 2026

नेपाल निर्माण उद्योग परिषद लुम्बिनीको पदस्थापन



बुटवल । नेकपा एमालेको भातृ संगठन नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेश कमिटी को पदस्थापन भएको छ । यहीँ भदौ ९ गते भएको अधिवेशनबाट नारायण भुसालको नयाँ नेतृत्व चयन भएको थियो ।

आइतबार नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालको प्रमुख आतिथ्यतामा नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले भौतिक विकास र निर्माणको क्षेत्रमा प्रदेश सरकारले काम गर्ने बताए । उनले देश विकासको उद्योग परिषदको ठूलो भूमिका रहेको चर्चा गरे ।

त्यस्तै कार्यक्रममा नेपाल निमाण उद्योग परिसदका केन्द्रीय अध्यक्ष बलिभद्र रानाले आफनो काम सहित पार्टीको संगठन बनाउन लाग्नुपर्ने बताए । उनले आउदो निर्वाचनमा पार्टीलाई पहिलो शक्ति सहित उभ्याउन सबै क्षेत्रमा व्यवसायी पनि लाग्नुपर्ने बताए । रानाले त्यसको लागि सदस्यता बिस्तारमा जुटन समेत रानाले आग्रह गरे ।

नव निर्वाचित अध्यक्ष नारायण भुसालले व्यवसायीका समस्या पहिचान गर्न पार्टीलाई आग्रह गरे । नेपाल निर्माण उद्योग परिषदका केन्द्रको टिमलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल निर्माण उद्योग परिषदका केन्द्रीय उपाध्यक्ष मन्जु भुसाल, एमाले जिल्ला युवा नेता गोपाल राना, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायतले बोलेका थिए । कायक्रमको सञ्चालन महासचिव जबिन कक्षपतीले गरेका थिए ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ९ : २० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला