७ चैत्र २०८२, शनिबार | March 21, 2026

प्रहरीद्वारा बिलबिजक नभएका सामान नियन्त्रण



काठमाडौँ । नेपाल प्रहरीले छ लाख ९६ हजार पाँच सय रुपैयाँ बराबरको भन्सार राजस्व छलीका सामान नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका बाहिरबाट आउने यात्रुवाहक सार्वजनिक सवारीसाधनले विभिन्न किसिमका सामान बिनाकागजात बिलबिजक ल्याउने गरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उक्त समग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “शनिबार कलङ्की–नागढुङ्गा मूल सडकखण्डमा विभिन्न सवारीसाधनलाई जाँच गर्दा भिन्दाभिन्दै सवारीसाधनले बोकी ल्याएको सामानको धनी यकिन नभएको अवस्थामा उक्त सामग्री फेला पारी नियन्त्रणमा लिइएको हो ।”

बरामद गरिएका उक्त सामान त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडौँमा बुझाइएको प्रवक्ता अधिकारीले बताउनुभयो । बरामद गरिएका सामानमा विभिन्न आइफोन, रेड्मी, सामसुङ तथा ओप्पो कम्पनीका मोबाइल २८ थान अन्दाजी मूल्य रु दुई लाख, काजु २६ बाल्टिन र एक प्याक गरी दुई सय ८० किलोको अन्दाजी मूल्य रु दुई लाख ८० हजार रहेका छन् ।

यसैगरी खाने बदाम एक प्याक (एक बोरा अन्दाजी २० किलो) अन्दाजी मूल्य रु २० हजार, रोलको कपडा भएको बोरा थान चार (अन्दाजी सात सय मिटर)को अन्दाजी मूल्य रु एक लाख १८ हजार पाँच सय, फोटो राख्ने फ्रेम भएको कार्टुन दुई थान (एक ठूलो एक सानो)को अन्दाजी मूल्य रु १० हजार तथा फेन्सी कपडा भएको बोरा पाँच थान (कुर्ता सरवाल सेट दुई सय १३ थान, टप्स सेट ३६ थान, टप्समात्र थान २१ थान)को अन्दाजी मूल्य रु ६८ हजार गरी जम्मा रु छ लाख ९६ हजार पाँच सय बराबरको रहेका प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  ९ : ५६ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका