२९ मंसिर २०८२, सोमबार | December 15, 2025

साना तथा मझौला उद्योग प्रवर्द्धनमा महासङ्घ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताए ।

तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उनले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताए ।

साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताए । उद्योग व्यवसायसँग सम्बन्धित विवाद निरुपण गर्न महासङ्घमा मेलमिलाप केन्द्र स्थापनासम्बन्धी कार्यविधि तयार भएको बताउँदै उनले त्यसबाट व्यवसायी बीचका विवाद समाधानमा योगदान पुग्ने बताए ।

देशमा लगानीका सम्भावना प्रशस्त रहेका, जलविद्युत्, पर्यटन, उत्पादन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी लगानीकर्ता पुँजी परिचालन गर्न इच्छुक रहेका बताउँदै स्वदेशी पुँजीमा नै विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दर्ता भएको जानकारी दिए ।

उक्त कम्पनीमा कम्तीमा रु ४० अर्ब दाखिला गरी त्यसबाट प्रसारण लाइन निर्माणलगायत विकास आयोजना सञ्चालन गर्न सकिने उनले बताए । “यो महासङ्घको कम्पनी होइन तर यसका सदस्य र गैरसदस्यले पनि लगानी गर्न पाउनेगरी बनेको कम्पनी हो । यसले बजारमा थोरै भए पनि मनोबल बढाउने अपेक्षा गरेका छौँ ।”

मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको भए पनि निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउँदै अध्यक्ष ढकालले आर्थिक सूचक पनि सकारात्मक हुँदै गएका छन् भने ।

फरक प्रसङ्गमा उनले भने, “अख्तियारलगायतका निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने भन्ने विषय प्रष्ट हुनुपर्छ । नियमन मात्रै गर्ने, त्रासमात्रै देखाउने हो भने लगानीकर्ता निरुत्साहित हुनेछन् । उद्यमी व्यवसायीलाई पनि स्वच्छ र स्वस्थ व्यवसाय प्रवर्द्धन गरौँ भन्ने नै छ । उपभोक्ताप्रति जिम्मेवार व्यवसायलाई हामीले बढावा दिनुपर्छ । यसतर्पm हाम्रा कमजारी छन् भने सुधार गर्नुपर्छ ।”

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : ५९ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर