१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

रविलाईं ब्यंग गर्दै गोकुल बाँस्कोटाको टिप्पणी : चितवनमा पाँच वर्षमा तीनवटा चुनाव हुने भो!



काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचनहुने टिप्पणी गरेका छन् ।

रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बास्कोटाले चितवनमा पाँच बर्षमा तीन वटा निर्वाचन हुने बताएका हुन् ।

बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाँच वर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविद्का वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पुरा हुने कुरा पक्का जस्तै छ भनिन्छ । ७८औँ जिल्ला त्यसै भन्या रैनछ चितवनलाई !’

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । आम निर्वाचनमा जित हासिल गरेका लामिछानेको नागरिकता विवादका कारण सांसद पद खारेज भएपछि भएको उपनिर्वाचनमा पनि शानदार जित हासिल गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ११ : ५० बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि