२१ बैशाख २०८३, सोमबार | May 5, 2026

बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो



काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरले भारतको वाराणसीका लागि तेस्रो उडान थपेको छ । उक्त गन्तव्यमा यसअघि सातको दुई उडान भर्दै आएको कम्पनीले अब साताको तीन उडान गर्ने जनाएको छ । बुद्ध एयरले साताको सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

साताको तीन उडानले यात्रुलाई आवतजावतमा थप सहयोग पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । बद्ध एयरको भगनी संस्था बुद्ध होलिडेजले वाराणसी, सारनाथ अयोध्यालगायत वरपरका विभिन्न गन्तव्यको होलिडे प्याकेज पनि रहेको छ । यात्रुलाई भारतको गया गई सोह्र श्राद्ध गर्न थप सहयोग पुग्नेछ ।

काठमाडौंबाट वाराणसी ५० मिनेटको उडानमा पुग्न सकिन्छ । वाराणसीका लागि सुरुआती एकतर्फी भाडा रु ११ हजार ३६० रहेको छ । काठमाडौंबाट बिहान ७ः१५ बजे तथा वाराणसीबाट ८ः३० बजे उडान समय तोकिएको छ । बुद्ध एयरसँग हाल एटिआर ४२ दुई र एटिआर ७२ १६ गरी कुल १८ विमान छन् ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  २ : ४० बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,