२२ भदौ २०८३, सोमबार | September 7, 2026

‘कानुनी रुपमा प्रदेशलाई बलियो बनाउनुपर्ने’



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयताको सवलीकरणका लागि संविधानले प्रदेशलाई कानुनी रुपमा बलियो बनाउनुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशमा आयोजित सङ्घीयता सवलीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री आचार्यले सङ्घीयताको सवलीकरणका लागि प्रदेश सरकारलाई पूर्ण रुपमा अधिकार सम्पन्न बनाइनुपर्ने बताए ।

“संविधानले प्रदान गरेका अधिकार माथि कसैले हस्तक्षेप गर्न हुँदैन”, मुख्यमन्त्री आचार्यले भने, “संविधानले दिएको अधिकार सङ्घले रोक्ने काम गर्न हुँदैन । समानिकरण अनुदान रोकेर राम्रो भएन । प्रदेशलाई ऋणात्मक बनाउने काम भयो ।” प्रदेश सरकारले गरेका राम्रा काम नागरिकले महसुस गर्ने अवस्थामा पुगेको उनले बताए ।

राजनीतिक अस्थिरताले केही समस्या देखिए पनि अब ती समस्या गौण भएर जाने स्पष्ट पारे । “अहिले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ । संविधान निर्जीव वस्तु होइन, नमिलेको कुरा मिलाउन सकिन्छ”, उनले भने, “राजनीतिक अस्थिरताको अन्त्यका लागि संविधान संशोधन गरेर जान सकिन्छ । यो संशोधन गर्दा कसैलाई निषेध गर्न हुँदैन । सबैको सहमति र सहकार्यमा अघि बढाउनुपर्छ ।” प्रदेश सरकारले संविधानमा उल्लेखित अधिकारअनुसार समानीकरण अनुदान प्राप्त गर्न नसक्दा आर्थिक क्षेत्रमा केही जटिलता देखिएको मुख्यमन्त्री आचार्यले चर्चा गरे ।

प्रदेश सरकारले सात वर्षको अवधिमा जनताले अनुभूति गर्नेगरी काम गरेको बताए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको समन्वय र ‘फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टर’को आयोजनामा भएको अन्तरक्रियाका वक्ताहरुले राजनीतिक रुपमा सङ्घीताको अनुभूति गरिए पनि वित्तीय र प्रशासनिक सङ्घीयताको पूर्ण अनुभूति गर्न नपाएको बताए । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सङ्घीयताको सवलीकरणका लागि सबै इमान्दार बन्नुपर्ने बताए ।

सङ्घीय सरकारले ऐन, कानुन नबनाउँदा प्रदेशले बनाएका ऐन कार्यान्वयनमा आउन नसक्नु चुनौतीको विषय रहेको बताए । “सङ्घीय सरकार प्रदेशप्रति अनुदार बन्यो”, उनले भने, “अस्थिरताको अन्त्य गर्नेगरी संविधान संशोधन गरिनुपर्छ भन्ने मेरो मान्यता छ ।” राष्ट्रियसभाका पूर्वसदस्य तथा फेडरलिजम एण्ड लोकलाइजेसन सेन्टरका अध्यक्ष खिमलाल देवकोटाले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेगरी काम गर्नुपर्ने बताए । तर, सङ्घ सरकारले अहिलेसम्म प्रदेश र स्थानीय तहलाई अधिकार दिन नखोज्नु सङ्घीयताप्रति अनुदार बन्न खोजेको उनले टिप्पणी गरे ।

“विकासको वाहक प्रदेश सरकार हो । सेवा प्रवाहको वाहक स्थानीय सरकार हुन्”, उनले भने, “सिंहदरबारका मन्त्रालय सङ्ख्या घटाएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेगरी काम गर्नुपर्ने आजको आवश्यकता हो ।” नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले सङ्घीयताको सवलीकरणको दायित्व सबैको रहेको बताए ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार  ७ : २० बजे

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि