१९ बैशाख २०८३, शनिबार | May 2, 2026

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान



काठमाडौँ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतसहित राजदूतमा सिफारिस भएका सेवा लम्साल र चित्रलेखा यादवविरुद्ध १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

संवैधानिक परिषद्ले भदौ ३१ मा नेपालको प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्का फरक(फरक बैठकले यादवलाई अस्ट्रेलिया र लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरेको थियो । यादव कांग्रेसकी नेता तथा पूर्वउपसभामुख हुन् भने लम्साल परराष्ट्र मन्त्रालयकी सचिव हुन् । प्रधानन्यायाधीशमा प्रस्तावित राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालका सम्बन्धमा १० दिको समय दिएर सार्वजनिक उजुरीको सूचना प्रकाशित हुने छ र त्यसपछि मात्र थप सुनुवाइ प्रक्रिया अगाडि बढ्नेछ ।

परराष्ट्र सचिव लम्साललाई मन्त्रिपरिषद्को साउन ३१ को बैठकले बेल्जियमका लागि राजदूतमा सिफारिस गरेको थियो भने यादवलाई भदौ २४ को मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाका लागि राजदूतमा सिफारिसको निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  २ : २१ बजे

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं । बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने