२० बैशाख २०८३, आइतबार | May 4, 2026

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई



काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् ।

विभिन्न १७ देशको राजदूतमा सिफारिस भएकाहरुको सम्बन्धनमा निर्णय लिन बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि उनको नाम अस्वीकृत भएको हो । भट्टराईबाहेक अन्य १६ जनाको नाम अनुमोदन भएको छ ।

अनुमोदन भएका १६ जनामध्ये १३ जना सर्वसम्मत र ३ जना बुहमतबाट अनुमोदन भएका हुन् । राजदूतमा सिफारिस भएका धनप्रसाद पण्डित, कपिलमान श्रेष्ठ र नेत्रप्रसाद तिमल्सिनाको नाम भने बहुमतबाट अनुमोदन भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले फरक मत राखेका थिए ।

समितिको निर्णयअनुसार चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्माको नाम अनुमोदन भएको छ ।

यस्तै इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम अनुमोदन भएको छ ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्र कुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम अनुमोदन भएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहिबार  ५ : २७ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता