८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपालगन्ज रात्री दौडको उपाधि सेनाका पाल र नरैनापुरकी साहुलाई



नेपालगन्ज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले प्राप्त गर्न सफल भएका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा त्रिभुवन आर्मी क्लबका पालले ३१:०७:२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् । यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२:४८:४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२:५४:६३ मिनेटमा दौड पूरा गरि तृतीय भएका थिए ।

धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण विशेष बनाउन ‘दशौंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको दस किलोमिटर रात्री दौडमा महिला खुलातर्फ बाँके नरैनापुरकी गीता कुमारी साहु पहिलो भइन् । उनले ४९:१६.५२ मिनेटमा दुरी पूरा गर्दा कोहलपुरकी स्वस्तिका शाहीले ५१:०६.३७ मिनेटमा दुरी पूरा गरि दोस्रो भइन् । सलिना थारु एक घण्टा ६ मिनेट ४८ सेकेन्डमा फिनिसिङ लाइन छुँदै तृतीय भइन् ।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीन जनाले क्रमश नगद रु २५ हजार, १५ हजार र १० हजारका साथै पदक र प्रमाणपत्र प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनराज गौतम, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेप सदस्य दिपेन्द्र बिष्ट लगायतले विजयताहरुलाई पुरस्कृत गरे ।

रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताएका छन् । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ,’ पालले भने-‘रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ ।’

उता, पहिलोपटक ठूलो इभेन्टमा भाग लिएकी बाँके नरैनापुरकी गीता साहुले आफुले नसोचेको नतिजा हात पार्दा निकै खुशी भएको बताइन् । ‘पहिलोपटक यति धेरै पैसा जितेकी छु,’ उनले भनिन् -‘यो पैसा आमालाई दिन्छु, अब त अझै धेरै खेल्छु ।’

भेट्रान पुरुष तर्फ रैवत दाहाल ३८ः०८ः७१ मिनेटमा दुरी पूरा गर्दै प्रथम, बाँके खजुराका भरत श्रेष्ठ ४८ः५६ः२३ मिनेटमा लिंदै दोस्रो तथा महेन्द्र बज्राचार्य ४९ः१९ः२५ मिनेट लिंदै तेस्रो भए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भिम ओली, समाजसेवी लिलबहादुर थापाले भेट्रानलाई पुरस्कृत गरे । भेट्रान विजेता रैवतले पछिल्लो पुस्तालाई दौडमा आकर्षित गरिरहन आफू दौडिरहेको प्रतिक्रिया दिए । ‘राति दौड्दा फरक अनुभुति हुने रहेछ,’ उनले भने-‘धेरैभन्दा धेरै दौडमा भाग लिनुपर्छ, यसको आकर्षण बढ्दै जानेछ ।’

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपी चोक, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुटमा बीपी चोक पुगेपछि दौड सम्पन्न भएको थियोे । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले रात्रीकालिन दौडको उदघाटन गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ८ : ३६ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. विष्णु गौतम नियुक्त

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा

ललितपुरमा रातो मच्छिन्द्रनाथ जात्रा सुरु, रथ तानेर गाबल पुर्‍याइयो

ललितपुर । ललितपुरमा ऐतिहासिक रूपमा मनाइँदै आएको रातो मच्छिन्द्रनाथ जात्रा

रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ हुने

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति