७ कार्तिक २०८३, शनिबार | October 25, 2026

लुम्बिनी प्रदेशमा बृक्षारोपण गर्दै संविधान दिवसको समापन

पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य



दाङ । ३ दिनको बिबिधि कार्यक्रम गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको लुम्बिनी प्रदेश सरकारले दिवसको अन्तिम दिन शुक्रवार वृक्षारोपण गरेर यस वर्षको संविधान दिवसको औपचारीक रुपमा समापन गरेको छ ।

राप्ती गाउँपालिका–३ स्थित घण्टदेव सामुदायिक वन क्षेत्रमा बृक्षारोपण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यसवर्षको संविधान दिवसको औपचारिक कार्यक्रमको समापन गरेका हुन् । सो अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले दिवसलाई भब्य बनाउन सहयोग गर्ने आम सर्वसाधारण नागरिक सहित सरोकारवाला पक्ष सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

उनले दिवस समापनका अवसरमा बृक्षारोपण कार्यक्रममा सरिक हुँदै वन, वातावरण तथा जैविक विविधताको संरक्षणबाट मात्रै पारिस्थितिक प्रणाली जोगाई राख्न सकिने बताए । उनले पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरण मैत्री व्यवहार गर्न सबैमा आग्रह गरे ।

प्रमुख सचिव महादेव पन्थले बृक्षरोपणले संविधान दिवसको सान्दर्भीकता पुष्टी गरेको बताए । ‘एउटा विरुवाको हुर्काइ संग त्यसको भविस्य जोडिएको हुन्छ । जसरी आज विरुवा रोपिएको छ । यसको हेरचाह र व्यवस्थापना गरेको खण्डमा यसको आयू र हुकाई छिटो हुन्छ । त्यसैगरी संविधान पनि एउटा विरुवा जस्तै परिपक्व र त्यसले सबैलाई लाभ दिदै जान्छ’ उनले उदाहरण दिदै भने ,‘संविधानलाई कार्यान्वयन गर्दै यसले दिने उपलब्धीलाई नागरिक माझ पु¥याउनु छ ।’

लुम्बिनीमा असोज ३ गते संविधान दिवस मुल समारोह आयोजना गरिएको थियो । त्यस अघि असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा फहराईएको थियो भने कार्यालय परिसरमा सरसफाई, स्वास्थ्य मन्त्रालयको समन्वयमा रक्तदान गरिएको थियो । संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धी र चुनौती बिषय विज्ञ संग छलफल गरेर निकासको समेत खोजि गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ११ : ४२ बजे

फापरखेत पहिरो र सिङ्गा–तातोपानी कुण्ड संरक्षणमा मन्त्री पुनको चासो

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रर्वतन मन्त्री महावीर पुनले म्याग्दीको

तीन महिनामा २८ जनाद्वारा नागरिकता परित्याग

चितवन । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

भूराजनीतिक चलखेलले नेपाल असहज अवस्थामा पुग्यो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

जनताका समस्या सुन्न र पार्टी रूपान्तरण गर्न नेकपाको दुई महिने जागरण अभियान सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनताका समस्या, गुनासा र